मेस्सीले किन ब्यालोन डी ओर जिते ? आखाँ खोलेर, कान ठाडो पारेर यो भिडियो हर्नुहोस् !

लियोनल मेस्सीले सोमबार राति अभूतपूर्व सातौं बालोन डी’ओर उपाधि जितेका छन्। अर्जेन्टिनाका सुपरस्टार फुटबल क्षेत्रको सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कारको लागि प्रमुख दाबेदार रहेका थिए र उनले आफ्नो करियरको सातौँ गोल्डेन बलमा हात पार्दै आफ्ना प्रशंसकहरूलाई निराश तुल्याएनन्।

सोमबारको जीतसँगै मेस्सी अब आफ्ना चिर प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो भन्दा दुई गोल्डेन बल अगाडी लागेका छन्। एकतर्फ मेस्सीका फ्यानहरूले खुसी मनाइरहँदा, अर्कोतर्फ, फुटबल जगतमा धेरैले मेस्सी योग्य विजेता नभएको बताएका छन्। इकर क्यासिलासले पुरस्कारको वैधानिकतामाथि प्रश्न उठाए, टोनी क्रुसले पनि मेस्सीको जीतमा आपत्ति जनाए।

मेस्सीको आलोचनाको मुख्य कारण भनेको गत दुई सिजनमा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका बार्यन म्युनिख स्ट्राइकर रोबर्ट लेवान्डोस्की मात्र दोस्रो स्थानमा रहे। धेरैले मेस्सीलाई यो अवार्ड उनको सुपरस्टार व्यक्तित्व कै कारण दिएका थिए, उनले यो वर्ष व्यक्तिगत अर्थमा के हासिल गरे भनेर हैन।

https://twitter.com/i/status/1465428019682713600

पछिल्ला केहि सिजनमा निकै उत्कृष्ट लयमा देखिएका पोलिस स्टारले यसै सिजन मात्र लगभग ५ दशक लामो रेकर्ड समेत तोडेका थिए। साँच्चै भन्ने हो भने, यदि लेवान्डोस्कीले अवार्ड जितेका थिए भने पनि उनी यसको हकदार थिए। तर मेस्सी यसको योग्य थिएनन् भनेर कतै भन्न मिल्दैन। हाल अनलाइनमा निकै भाइरल भइरहेको एउटा भिडियोले यस स्मरमा कोपा अमेरिका प्रतियोगितामा अर्जेन्टिनाले जित्ने क्रममा मेस्सीको प्रदर्शनको हाइलाइटहरू देखाउँछ, जसलाई देखेपछि उनी सातौँ ब्यालोन डी ओर जित्न योग्य थिएनन् भन्न सायद मिल्दैन।

कम्पाइलेशन क्लिपले मेस्सीले आफ्नो टोलीलाई आफ्नो काँधमा उठाएर लगभग एक्लैले खिताबसम्म पुर्याएको देखाउँछ। मेस्सीको कोपा अमेरिकामा प्रदर्शन हेर्ने हो भने उनको ब्यालोन डी ओर जीत विरुद्ध बोल्न जो कोहिलाई पनि निकै गार्हो हुनसक्छ।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१६:०२

मेस्सीका समर्थकको एक पैसाको पनि बुद्धि छैन भन्दै कुर्लिए यी दिग्गज [भिडियो सहित]