मेस्सीका समर्थकको एक पैसाको पनि बुद्धि छैन भन्दै कुर्लिए यी दिग्गज [भिडियो सहित]

पूर्व म्यान्चेस्टर युनाइटेड तथा फ्रान्स स्टार प्याट्रिस एभ्राले पेरिस सेन्ट जर्मेन खेलाडी लियोनल मेस्सीका समर्थकलाई एक पैसाको दिमाग नभएको भनेका छन्। सोमबार मेस्सीले सातौँ पटक ब्यालोन डी ओर जितेपछि एक भिडियोमा बोल्दै गरेको देखिएका पूर्व युभे खेलाडीले आफूलाई मेस्सीका अन्ध भक्तहरुको बारेमा कुरा पनि गर्न मन नलागेको उल्लेख गरेका छन्।

सोमबार पेरिसमा भएको एक समारोहमा मेस्सीले रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै सातौँ पटक गोल्डेन बल हात पार्न सफल भए। जसपछि हाल पूरा फुटबल जगत नै दुई भागमा बाडिएको छ। थुप्रै दिग्गज खेलाडीहरु पोलिस स्टारले उक्त अवार्ड जित्नुपर्ने थियो बन्ने पक्षमा छन् भने कोहि मेस्सीको जीत योग्य रहेको बताउँछन्।

यस्तोमा ४० वर्षीय लेफ्ट ब्याकले आइतबार नै मेस्सीलाई उनको सातौँ ब्यालोन डी ओरका लागि बधाई दिएका थिए। उनले जसपछि बोल्दै एक भ्रष्ट संगठनले यस्तै हर्कत गर्ने आफूलाई पहिले नै थाहा भएको र आफूले त जब मेस्सी पीएसजी आएका थिए त्यति बेला नै उनलाई ब्यालोन डी ओर को बधाई दिन मन लागेको पनि खुलासा गरेका छन्।

सोहि भिडियोमा बोल्दै एभ्राले मेस्सीका अन्ध भक्तलाई एक पैसाको दिमाग नभएको समेत भनेका छन्। उनले भनेका छन्,”मेस्सीका अन्ध भक्तहरु, मलाई मतलब छैन कि तिमीहरुले मेरो बारेमा के सोच्छौ, किनकि तिमीहरुको दिमाग नै छैन। तिमीहरुले जानेको कुरा भनेको मेस्सीले गरेको चीज मात्र देख्नु हो।”

जसपछि उनले कुनै एक खेलाडीलाई आइडल मानेपछि यस्तै हुने पनि बताएका छन्। हरेक कोहिले आफूलाई मन परेको खेलाडीलाई डिफेन्ड गर्ने भन्दै उनले भनेर,”तिमीहरुले मेरो सन्देश बुझ्ने सक्दैनौ। मेरो सन्देश ती भ्रष्ट फुटबल संगठनको लागि हो। अति भयो अब।”

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१७:१७

“मेस्सीसँगै भएको खेलाडी मेस्सी जस्तै हुनेछन्, दनादन ब्यालोन डी ओर जित्नेछन्”