स्यामुएल इटोले आफ्नो बार्सिलोनाका पूर्व सहकर्मी लियोनल मेस्सीलाई आगामी धेरै वर्षसम्म ब्यालों डी’ओरमा प्रभुत्व जमाउने अर्को खेलाडीको रूपमा कसले पछ्याउने भन्ने कुरा आफूलाई थाहा भएको बताएका छन्। थप कुरा के हो भने, उनी पेरिस सेन्ट-जर्मेनमा मेस्सीको वर्तमान टिममेट मध्ये एक हुन्।
मेस्सीले सोमबार आफ्नो सातौं ब्यालों डी’ओर जितेर क्रिस्टियानो रोनाल्डोलाई दुई गोल्डेन बललके पछि पारेका छन्। तर, फुटबल जगतका धेरैले अर्जेन्टिनाका स्टारले रोबर्ट लेवान्डोस्की र चेल्सी स्ट्रिङ-पुलर जोर्गिन्होलाई पछि पार्नु मात्र भाग्यको कुरा भएको बताएका छन्। उनीहरुका अनुसार मेस्सी ब्यालोन डी ओर का योग्य थिएनन्।
इटोले केलियन एमबाप्पेलाई अर्को ब्यालोन डी’ओर ग्रेट बन्न समर्थन गरिरहेका छन्। यस वर्ष भने फ्रेन्च स्टार निराशजनक रूपमा नवौं स्थानमा मात्र रहे। तर पूर्व इन्टर मिलान स्टारका अनुसार २२ वर्षीय युवा स्टारले आउने एक दशक वा त्यो भन्दा बढी समय गोल्डेन बल अवार्डमा राज गर्नेछन्।
क्यामरुन लिजेन्डले एमबाप्पेको बारेमा भने: “उनी त्यहाँ छन् र यो राम्रो क्षणमा आइपुगेको छ, जसमा फुटबलका देवताहरू मेस्सी र क्रिस्टियानो उमेरका कारण आफ्नो करियरको अन्त्यतिर छन्, र एमबाप्पे आउँदैछन्।” एएससँग कुरा गर्दै, उनले थपे: “मलाई आशा छ कि उनी आगामी १० वा १५ वर्षको लागि सबैभन्दा महान् खेलाडी हुनेछन्। उनीसँग यी दुई मेस्सी र रोनाल्डो] पछि फुटबललाई आवश्यक पर्ने र अद्वितीय खेलाडी बन्ने सबै कुरा छ।”
उनले मेस्सीलाई सातौँ ब्यालोन डी ओरका लागि बधाई दिदै मेस्सी यसका लागि हरेक तरिकाले योग्य रहेको पनि दाबी गरेका छन्। “मेस्सी हरेक चीजका लागि हकदार छन्। त्यसिले म उनको लागि निकै खुसी छु। उनीसँग अब सात वटा गोल्डेन बल छन्। आशा छ आठौँ पनि जित्नेछन्,” उनले भने।

