लियोनल मेस्सीले सोमबार राति रोबर्ट लेवान्डोस्कीलाई हराउँदै अविश्वसनीय सातौं बालोन डी’ओर अवार्ड जितेका छन् । कीर्तिमानी सातौँ पटक ब्यालोन डी ओर प्राप्त गर्दा अर्जेन्टिनी सुपरस्टार मेस्सी लेवान्डोस्कीको प्रशंसामा खुलेर उत्रिए।
पूर्व बार्सिलोना टिममेट लुइस सुवारेजको हातबाट प्रतिष्ठित अवार्ड प्राप्त गरेका मेस्सीले आफ्नो विजयी भाषण दिने क्रममा मेस्सीले बार्यन म्युनिख स्टार लेवान्डोस्कीले गत वर्ष ब्यालोन डी ओर अवार्ड रद्द भएपछि यो वर्ष पनि जित्नु पर्ने र उनी यसको योग्य रहेको बताएका छन्। उनले भने, “रोबर्ट, तपाईं ब्यालोन डी’ओरको हकदार हुनुहुन्छ। गत वर्ष, सबैजना सहमत थिए कि तपाईं यो पुरस्कारको विजेता हुनुपर्थ्यो। आशा छ फ्रान्स फुटबलले तपाईंलाई २०२० को ब्यालोन डी’ओर दिनेछ। हामी सबै विश्वास गर्छौं कि तपाईं यसको योग्य हुनुहुन्छ र मलाई आशा छ कि तपाईंले यो पाउनुहुनेछ।”
लियोनल मेस्सीको लेवान्डोस्कीको बारेमा यस्तो भनाई सम्बन्धि प्रश्न गर्दा फ्रान्स फुटबलका सम्पादक-इन-चीफ पास्कल फेरेले वाटसनलाई भने, “मेस्सीले भनेको कुरा राम्रो र चलाख थियो। मलाई लाग्छ हामीले धेरै छिटो निर्णय लिनु पर्दैन। हामी यसको बारेमा सोच्न सक्छौं र यसै समयमा हामीले ब्यालोन डी’ओरको इतिहासलाई सम्मान गर्नुपर्छ, जुन भोटिङमा आधारित छ। लेवान्डोस्कीले गत वर्ष ब्यालोन डी’ओर जित्थे होलान् भनेर हामी पक्का हुन सक्दैनौं। भोट नभएकोले हामीलाई थाहा छैन। तर, इमानदारीपूर्वक भन्नुपर्दा, लेवान्डोस्कीसँग गत वर्ष यो अवार्ड जित्ने ठूलो मौका थियो।”
बुन्डेसलिगा, डीएफबी पोकाल र युईएफए च्याम्पियन्स लिग जित्नमा मुख्य भूमिका निर्वाह गरेका रोबर्ट लेवान्डोस्कीको लागी सन् २०२० निकै उत्कृष्ट रहेको थियो। दुर्भाग्यवश, बायर्न म्युनिख स्टारले कोभिड-१९ को कारणले ब्यालोन डी’ओर प्राप्त गर्न सकेनन्।

