बालोन डी’ओरमा रोनाल्डो भन्दा पछि परेको बारे सलाहले मुख खोले !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहले बालोन डी’ओर बारे टिप्पणी गर्न अस्विकार गरेका छन्। बुधबार राति प्रिमियर लिगमा एभर्टन विरुद्ध जित निकालेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा सलाहले बालोन डी’ओर बारे टिप्पणी गर्न अस्विकार गरेका हुन्।

यस वर्षको बालोन डी ओ’रमा सातौं स्थानमा आएको विषयमा प्रश्न गरिँदा सलाहले कुनै पनि टिप्पणी गर्न मानेनन्। तर उनले आउने वर्षमा राम्रो स्थानमा उक्लिने विश्वास व्यक्त गरे।

बुधबार राति लिभरपुलले मर्सिसाइड डर्वीमा एभर्टनलाई पराजित गर्दा सलाहले उत्कृष्ट प्रदर्शन गरे। सलाहले एभर्टन विरुद्ध २ गोल गरेका थिए। सलाहले जोर्डन हेन्डरसनको पासमा खेलको १९औं मिनेटमा पहिलो गोल र ६४औं मिनेटमा मोहम्मद सलाहले व्यत्तिगत दोस्रो गोल गरेका थिए।

यस वर्षको बालोन डी’ओरमा सलाह सातौँ स्थानमा परेका थिए। उनी क्रिस्टियानो रोनाल्डो भन्दा एक स्थान तल परेका थिए। गत सिजन सलाहले लिभरपुलका लागि सबै प्रतियोगितामा ३१ गोल गरेका थिए भने यस सिजन उनले १९ गोल गरेका छन् भने ८ असिस्ट दिसकेका छन्।

“यसमा मेरो कुनै पनि प्रतिक्रिया छैन। तर आशा छ अर्को पटक अलि माथि जानेछु। “,सलाहले भने। त्यस्तै सलाहले धेरै भन्दा धेरै गोल गर्ने आफ्नो योजना रहेको पनि सुनाए। क्लबका लागि प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने योजना रहेको सलाहको भनाई छ।

उनले भने,”आशा गरौँ, धेरै भन्दा धेरै गोल गर्नेछु। मेरो पहिलो लक्ष्य क्लबमा केहि जित्नु हो – प्रिमियर लिग र च्याम्पियन्स लिग। आशा छ दुवै जित्नेछौँ।”

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८११:२६

लेवान्डोस्कीलाई पनि ब्यालोन डी ओर दिने फ्रान्स फुटबलले दियो संकेत !