बायर्न छाड्दै लेवान्डोस्की, रियल म्याड्रिड जाने चाहना !

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की स्पेनिस महारथी रियल म्याड्रिड जाने चर्चाले ट्रान्सफर बजार तातिएको छ। केहि स्पेनिस मिडियाले लेवान्डोस्की रियल म्याड्रिड आउन सक्ने रिपोर्ट प्रकाशित गरेसँगै ट्रान्सफर बजार तातिएको हो।

स्पेनिस पत्रिका स्पोर्ट्सले गरेको दावी अनुसार यस सिजनको अन्त्यपछि लेवान्डोस्की रियल म्याड्रिड पुग्न सक्नेछन्। सन् २०२३ को समर सम्मका लागि बायर्नसँग सम्झौता रहेका उनी यस सिजनको अन्त्यपछि अन्यत्र जान सक्ने स्पोर्ट्सको दावी छ।

लेवान्डोस्की गएको केहि सिजन देखि उच्च लयमा रहेका छन्। बायर्न म्युनिखको पछिल्लो सफलतामा लेवान्डोस्कीको मुख्य भूमिका छ। साना-ठूला सबै क्लब विरुद्ध उनले गोल गरिरहेका छन्। आफूलाई अब्बल गोल मेसिनको रुपमा उभ्याउन सफल भएका उनलाई भित्र्याउन जो कोहि तयार हुने पक्का जस्तै छ।

शारीरिक रुपले अन्त्यन्त फिट रहेका ३३ वर्षीय लेवान्डोस्कीसंग अझै केहि वर्ष बाँकी छ। यस्तोमा उनीबाट रियलले धेरै फाइदा लिन सक्छ। रियल म्याड्रिड उनलाई भित्र्याउन खुलेर अगाडी नआएपनि भित्र-भित्र अवस्थालाई अध्ययन गरिरहेको छ।

लेवान्डोस्कीको चाहना

समाचारमा गरिएको दावी अनुसार लेवान्डोस्की आफैं पनि रियल जान इच्छुक छन्। लेवान्डोस्कीले आफ्ना एजेन्टलाई रियल म्याड्रिड जाने बाटो खोज्न आग्रह गरिसकेको स्पोर्ट्सले दावी गरेको छ। वर्तमान एजेन्ट पिनी जाहावीलाई लेवान्डोस्कीले

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१६:२२

रोनाल्डिन्होको ह्याट्रिक, फराकिलो जीत निकाले !