“रोनाल्डोलाई आर्सनल विरुद्ध नाखेलाउनु, अनि हेर्नु”

टेडी शेरिङहम म्यानचेस्टर युनाइटेडले आर्सनल विरुद्ध क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती ११ मा राखोस् भन्ने चाहन्छन्। रेड डेभिल्सले आज राति (डिसेम्बर २) प्रिमियर लिगको म्याचडे १४ मा मार्की फिक्स्चरमा आर्सनलसँग घरेलु मैदानमा खेल्दैछ।

क्रिस्टियानो रोनाल्डोले चेल्सी विरुद्ध म्यानचेस्टर युनाइटेडको अघिल्लो प्रिमियर लिग खेलको सुरुवात बेन्चबाट गरेका थिए। स्ट्यामफोर्ड ब्रिजबाट १–१ को बराबरीमा खेल सकिएपछि रेड डेभिल्स महत्वपूर्ण एक अंकसहित फर्किएको थियो। दोस्रो हाफमा गोलकर्ता जाडोन सान्चोको ठाउँमा रोनाल्डो बेन्चबाट मैदान प्रवेश गरेपनि पोर्चुगिज कप्तानले उक्त खेलमा वास्तविक प्रभाव पार्न सकेनन्।

त्यसको बावजुद, पूर्व म्यानचेस्टर युनाइटेड फरवार्ड टेडी शेरिङहम विश्वास गर्छन् कि पोर्चुगल सुपरस्टारले आर्सनल विरुद्ध खेल सुरु गर्नुपर्छ। शेरिङघमलाई मिररले सोधेको थियो कि उनको विचारमा क्रिस्टियानो रोनाल्डोलाई सुरु गराउनु पर्छ ? जसको जवाफमा उनले भने, “बिना कुनै शंका। म रोए किनले भनेको कुरामा सहमत छु। यदि तपाईंसँग रोनाल्डोको स्तरको खेलाडी छ भने उनी यस्ता ठूला खेलमा खेल्नुपर्छ। उनी जस्तो खेलाडी खेल्नका लागि नै म्यानचेस्टर आएका हुन्। उनी जस्ता ठूला खेलाडीले ठूला खेलमा प्रभाव पार्न सक्छन्।”

म्यानचेस्टर युनाइटेडका लागि १०४ खेल खेलेका ५५ वर्षीया स्टारलाई रोनाल्डोले चेल्सीविरुद्ध पनि खेल सुरु गर्नुपर्थ्यो भन्ने लाग्छ। “उनले चेल्सी विरुद्ध पनि खेल्नुपर्थ्यो,” उनले भने, “आर्सनल, फेरी ठूलो खेल हो। उनीहरु टप ४ तर्फ गइरहेका छन्। आर्सनल विरुद्धको खेल म्यानचेस्टरका लागि सधैं ठूलो खेल नै हो। तपाईलाई त्यहाँ उत्कृष्ट खेलाडीहरू चाहिन्छ र रोनाल्डो निस्सन्देह उत्कृष्ट खेलाडीहरूमध्ये एक हुन्।”

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१६:१३

बायर्न छाड्दै लेवान्डोस्की, रियल म्याड्रिड जाने चाहना !