एजेन्सी – यसै सिजन युभेन्टसबाट म्यानचेस्टर युनाइटेड पुगेका पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग छाड्ने सम्भावना बढेको छ। रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेस नयाँ क्लबको खोजिमा जुटेसँगै रोनाल्डोले प्रिमियर लिग छाड्ने सम्भावना बढेको हो।
रोनाल्डोका एजेन्ट मेन्डेस रोनाल्डोका लागि नयाँ क्लबको खोजिमा जुटेको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। कम्जोर प्रदर्शन पछि युनाइटेड जारी सिजनमा च्याम्पियन्स लिगमा छनौट नहुने सम्भावना देखिएपछि मेन्डेस नयाँ क्लबको खोजिमा जुटेको बताइन्छ।
रोनाल्डो यसै सिजन १२ वर्ष पछि युनाइटेड फर्किएका हुन्। रोनाल्डो युनाइटेडका लागि महत्त्वपूर्ण सावित भैरहेका छन्। प्रिमियर लिगमा अलि कम लयमा देखिएपनि च्याम्पियन्स लिगमा रोनाल्डो बलियो प्रदर्शन गरिरहेका छन्। रोनाल्डोले प्रिमियर लिगका १० खेल खेल्दा ४ गोल गरेका छन् भने च्याम्पियन्स लिगका ५ खेलमा ६ गोल गरेका छन्।
पिएसजीको ल्याण्ड गराउने तयारी
पछिल्लो समय आएको खबरका अनुसार मेन्डेस रोनाल्डोलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा ल्याण्ड गराउने गरी कुरा अगाडी बढाइरहेका छन्। त्यसको लागि मेन्डेसले पिएसजीसँग छलफल गरिसकेको समेत खबर आएका छन्। उनले पिएसजीसँग मेस्सी र रोनाल्डो मिलन गराउने प्रस्ताव राखिसकेको बताइन्छ।
मेन्डेसले रोनाल्डो युनाइटेड आउनु भन्दा अगाडी पनि रोनाल्डोलाई पिएसजीमा ल्याण्ड गराउने प्रयास गरेका थिए। तर मेस्सी बार्सिलोना छाडेर पिएसजी पुगेपछि उनको योजना असफल भएको थियो। तर उनलाई लाग्छ कि रोनाल्डो र मेस्सी बीच मिलाउन गराउने समय अब नै हो।

