“विश्वकपमा रोनाल्डो नहुँदा असहज त पक्कै हुन्छ, तर मेस्सी नहुँदा जति खल्लो हुँदैन”

एजेन्सी – अर्जेन्टिनाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी जेभियर सभियोलाले क्रिस्टियानो रोनाल्डो बिनाको विश्वकप असहज हुने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रोनाल्डो बिनाको विश्वकप केहि असहज हुने बताएका हुन्।

कोलम्बियन मिडिया सेमानासँग कुराकानी गर्नेक्रममा सभियोलाले रोनाल्डो बिना भन्दा मेस्सी बिनाको विश्वकपले बढी पिडा दिने बताए। क्रिष्टियानो बिनाको विश्वकप असहज हुने भएपनि मेस्सी नहुँदा भने पिडा नै हुने सभियोलाको भनाई छ।

“क्रिष्टियानो बिनाको विश्वकप असहज हुनेछ। तर अर्जेन्टिना विश्वकपमा छ र मेस्सी छैनन् भने त्यसले अझ बढी पिडा दिनेछ। यधपी हामीलाई थाहा छ रोनाल्डो विश्व फुटबलका लागि के हुन् भन्ने।”,सभियोलाले भने।

रोनाल्डो निसन्देह विश्वको सर्वोत्कृष्ट खेलाडी रहेको र उनी जस्तो खेलाडी विश्वकपमा हुनुपर्ने सभियोलाले बताए। उनले भने,”रोनाल्डो विश्वका उत्कृष्ट खेलाडीहरूमा पर्छन्। निसन्देह विश्वकपलाई यस्ता खेलाडीको आवश्यकता छ।”

पोर्चुगलको विश्वकप बाटो

विश्वकप छनौटबाट सिधै छनौट हुन नसकेको पोर्चुगलले विश्वकप प्लेअफ खेल्दै छ। विश्वकप खेल्नको लागि पोर्चुगलले इटालीबारा गुज्रनुपर्ने छ। विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा परेका छन् । इटाली र पोर्चुगल मध्ये एक मात्रै विश्वकपका लागि छनौट हुनेछ।

युरो च्याम्पियन्स इटालीलाई पाखा लगाउन पोर्चुगललाई त्यति सहज भने हुनेछैन। पछिल्ला केहि वर्षहरुमा इटालीले जुन स्तरको खेल प्रदर्शन गरिरहेको छ, त्यसलाई सामान्य मान्न सकिँदैन। रोनाल्डो र पोर्चुगललाई इटालीलाई पाखा लगाएर कतार पुग्न फलाम चपाए बराबर हुनेछ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८११:४५

ग्वार्डीओलाको लागि यी पोर्चुगिज स्टार हुन् पीएल कै सर्वोत्कृष्ट, तर रोनाल्डो हैनन् !