एजेन्सी – ग्रहहरुको सेनापति मंगल ग्रहले सोमबार राशि परिवर्तन गर्दैछ। सोमबार बिहान ६ बजेर ३६ मिनेट पश्चात मंगल तुला राशिबाट वृश्चिक राशिमा प्रवेश गर्नेछ। मंगल विश्चिक राशिमा १५ जनवरी सम्म रहनेछ। मंगलले राशि परिवर्तन गर्दा हरेक राशिलाई भिन्न-भिन्न प्रकारको प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार मंगलले गर्ने राशि परिवर्तनले निम्न ६ राशिलाई सबै भन्दा बढी लाभ पुर्याउनेछ।
वृश्चिक राशि
मंगलले राशि परिवर्तन गर्दा वृश्चिक राशि हुनेहरुलाई शैक्षिक रुपमा धेरै लाभ मिल्नेछ। प्रतियोगिता तथा प्रतिष्पर्धाहरुमा सहजै सफलता मिल्नेछ भने शत्रुहरु सहजै पराजित हुनेछन्। परिश्रमले हरेक कार्यमा सफलता दिलाउनेछ। भाग्यको पूरा साथ मिल्नेछ। कार्यक्षेत्र पनि विस्तार हुनेछ।
कर्कट राशि
हरेक कार्यमा सफलता मिल्दा मानसिक तनाव देखि छुटकारा मिल्नेछ। सामाजिक कार्यमा रुची बढ्दा मान-सम्मान प्राप्त हुनेछ। खेलाडी तथा कलाकारहरुले पनि मंगल राशिको राशि परिवर्तनबाट लाभ प्राप्त गर्नेछन्। प्रेम जीवन पनि उल्लासमयी रहनेछ।
वृष राशि
कार्य क्षमता र इच्छाशक्तिमा वृद्धि हुँदा कठिन भन्दा कठिन कार्य सम्पन्न हुनेछ। लामो समय देखि अड्किएका कार्य सुचारु हुनेछ। नयाँ कार्य थालनीको योजना पनि सफल होला। पारिवारिक माहोल पनि आफूले चाहे जस्तै हुनेछ। यात्राको अवसर मिल्न सक्ला।
मकर राशि
खर्च बढेपनि आर्थिक प्रवाह राम्रो हुनाले आर्थिक संकट टर्नेछ। सानो प्रयत्नले पनि महत्वपूर्ण सफलता दिलाउनेछ। शत्रु सहजै पराजित हुनेछन्। सामाजिक सक्रियताले सम्मान दिलाउनेछ। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्न सक्ला। पैत्रिक सम्पत्तिबाट राम्रो लाभ हुनेछ।
तुला राशि
नयाँ व्यापार वा नयाँ साझेदारीको थालनी हुनेछ। आम्दानीका श्रोत बढ्नेछन् भने व्यापार व्यावसायमा लाभ हुनेछ। पराक्रम बढेर जाँदा कठिन भन्दा कठिन कार्य पनि सफल हुनेछन्। बोल्ने कलाका कारण धेरै काम सम्पन्न हुनेछन्। प्रेम जीवनमा पनि मंगलको राशि परिवर्तनले लाभ पुर्याउला।
सिंह राशि
मंगलले राशि परिवर्तन गर्दा आम्दानी बढ्नेछ। समाजमा मान सम्मान बढ्नेछ। भाग्यले राम्रो साथ दिनेछ। गर-गहना जोड्ने अवसर मिल्न सक्ला। पठन-पाठनमा राम्रो प्रगति हुनेछ। प्रेम सम्बन्धमा पनि मंगलको शुभ प्रभाव रहँदा असमझदारी हटेर जानेछ।

