कारोबार हुने हप्ताको अन्तिम दिन घट्यो सुनको मूल्य, महिना दिनकै सस्तो भयो !

काठमाडौँ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको मूल्य घटेको छ। लगातार केहि दिन घटेर बिहिबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार २ सय रुपैंयाँले बढ्दा सोमबार र मंगलबार १ सय रुपैंयाँले घटेको थियो। त्यस्तै बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेको थियो। बिहिबार भए सुनको मूल्यमा कुनै परिवर्तन भएको थिएन।

सुन कार्तिक १८ गते पछिकै सस्तो

पछिल्लो गिरावट पछि सुनको मूल्य करिब महिना दिन यताकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका आज कायम भएको सुनको मूल्य कार्तिक १८ गते अथवा २९ दिन यताकै सस्तो रहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य घटेपनि चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८११:३७

कतै पानी, कतै हिउँ पर्न सक्ने !