लियोनल मेस्सीको बालोन डी’ओर जितले युरोपभर केही विवाद ल्याएसँगै अहिले प्रिमियर लिगको उत्कृष्ट खेलाडी को हो भन्ने बहस पनि चलिरहेको छ, तर पेप ग्वार्डीओलाका लागि भने यसमा कुनै बहस गर्नै पर्दैन।
बुधवार साँझ एस्टन भिल्लामाथि क्लबको २-१ को जितमा बर्नार्डो सिल्भाको प्रदर्शनलाई लिएर म्यानचेस्टर सिटीका प्रशिक्षकले उत्साहित देखाउँदै इङ्ल्यान्डमा उनीजस्तो अन्य खेलाडी नभएको सुझाव दिएका छन्। “[बर्नार्डो सिल्भा] उत्कृष्ट हो,” गार्डियोलाले खेलपछिको पत्रकार सम्मेलनमा भने, “उनी दुई वा तीन सिजन पहिले उत्कृष्ट थिए र उनी त्यतिबेला पनि उत्कृष्ट थिए। उनको खुट्टामा जब बल हुन्छ तब के गर्ने भनेर उनलाई प्रष्ट हुन्छ। उनी त्यो समयमा हरेक कुरा गर्न सक्ने क्षमता राख्छन्। तपाईं हामीले ९८ अंकको साथ लिग जित्दाको समयमा जानुपर्छ। भिडियोहरू समीक्षा गर्नुहोस्, तपाईंले उनलाई अहिले जस्तै प्लेयर देख्नुहुनेछ।”
सिजनको सुरुवातमा विशेषगरी ज्याक ग्रिलिसको अनुबन्धपछि पोर्चुगिज स्टारलाई सिटीबाट बाहिरिने खेलाडीको रूपमा हेरिएको थियो। तर अहिले प्रतिस्पर्धाले मिडफिल्डरलाई फरक स्तरमा पुर्याएको छ। ओल्ड ट्राफोर्डमा २-० को जितमा निकै शानदार प्रदर्शन गरेका उनले भिल्ला पार्कमा विश्व-स्तरीय बायाँ खुट्टाले भली गोल गर्दै यस सिजनमा आफ्नो उत्कृष्ट लयलाई कायम राखेका छन्।
रोमेलु लुकाकु, मोहम्मद सलाह र क्रिस्टियानो रोनाल्डोको जस्ता उत्कृष्ट खेलाडी रहेको लिगमा सिल्भाको लागि यो ठूलो विश्वास बढाउने कुरा हुनसक्छ कि ग्वार्डीओलाले उनलाई सबैभन्दा माथि राख्छन्। धेरैका लागि प्रिमियर लिग कै बेस्ट प्लेयर मानिएका केभिन डी ब्रुएनको अनुपस्थितिमा निकै उत्कृष्ट लयमा रहेका पूर्व मोनाको स्टारले इंगलिस खेलाडी रहिम स्टर्लिंगलाई पेकिंग अर्डरमा पछाडी धकेलेका छन्।

