“मेस्सीले नै बालोन डी ओर जित्नुपर्थ्यो, तर उनी इतिहास कै सर्वश्रेष्ठ भने हैनन्”

पूर्व बालोन डी’ओर विजेता रिभाल्डोले लियोनल मेस्सी बालोन डी’ओर २०२१ जित्न योग्य रहेको बताएका छन्। पीएसजी स्टारले गत सोमबार मात्र सातौं पटक यो अवार्ड जितेका हुन्।

पूर्व बार्सिलोना लिजेन्डका अनुसार मेस्सीले राष्ट्रिय टोलीका लागि उनको प्रदर्शनको कारण रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै अवार्ड जितेका हुन्। मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले यस वर्ष कोपा अमेरिकाको उपाधि जितेको थियो। Betting.betfair सँग कुरा गर्दै, रिभाल्डोले भने, “लियोनेल मेस्सीले यो साता आफ्नो सातौं बालोन डी’ओर जिते, तर धेरैले रोबर्ट लेवान्डोस्कीले ट्रफी पाउनु पर्ने थियो भनी तर्क गरेका छन्। दुबै खेलाडी योग्य विजेता हुने थिए। तर एक खेलाडीले मात्र जित्न सक्छ र म मेस्सीलाई समर्थन गर्छु।”

उनले थपे, “उनी अर्जेन्टिनाका लागि उनको प्रदर्शनको आधारमा पुरस्कारको हकदार थिए किनभने उनीहरूले कोपा अमेरिका जितेका थिए – जुन ट्रफी उनीहरूले धेरै वर्षदेखि जित्न खोजेका थिए – र उनी प्रतियोगिताका उत्कृष्ट खेलाडी थिए।” रिभाल्डोले बार्यन स्टार र रियल म्याड्रिड स्टार करिम बेन्जेमा पनि उक्त उपाधिको दाबेदार रहेको स्वीकार गरेका छन् भने इटालियन स्टार जर्जिन्होले बालोन डी ओर भोटिंगमा तेस्रो स्थानमा समाप्त गर्नु उनका लागि ठूलो उपलब्धि भएको पनि बताएका छन्।

सातौँ पटक बालोन डी ओर जितेका मेस्सीलाई उनले फुटबल इतिहास कै सर्वश्रेष्ठ खेलाडी भने मेस्सी अझै भइ नसकेको बताएका छन्। मेस्सी ‘गोट’ हुन् भन्ने प्रश्नमा उनले भने, “उनलाई सर्वश्रेष्ठ खेलाडी मध्ये एक भने संसारले सम्झिने छ, तर अर्जेन्टिनासँग विश्वकपको उपाधि जित्ने प्रयास गरिरहेका उनलाई अहिले नै सर्वश्रेष्ठ भन्न गाह्रो छ। पेले जस्ता अन्य खेलाडीले धेरै पटक विश्वकप जितेका छन्, त्यसैले मेस्सीलाई अहिलेसम्मकै उत्कृष्ट मान्नु पर्ने मलाई लाग्दैन। यद्यपि, उनी टप ३ मा भने रहनेछन्।”

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१४:५०

यस्तो सुन्दर तरिकाले रोनाल्डोले गरे करियरको ८०० औं गोल [भिडियो सहित]