ग्रहचक्रमा आजैबाट भयो ठूलो उथलपुथल, यी ५ राशिको चम्किनेछ भाग्य !

ज्योतिष शास्त्रका अनुसार शुक्रलाई यस्तो ग्रहको नाम दिइएको छ जसको शुभ हुनु मानिसको सुखी जीवनका लागि निकै महत्वपूर्ण हुन्छ। भौतिक सुखसुविधा र विलासिताको प्रतिनिधित्व गर्दै यस ग्रहले मानिसको रोमान्टिक जीवन र व्यक्तिगत जीवनशैलीलाई पनि प्रकट गर्दछ। शुक्र ग्रह कुनै एक राशिमा २३ दिन मात्र रहन्छ र त्यसपछि अर्को राशिमा प्रवेश गर्छ। डिसेम्बर ८, २०२१ मा शुक्र ग्रह धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्दैछ। नेपाली समय अनुसार शुक्रको यो राशि परिवर्तन दिउँसो १:११ बजे हुनेछ, त्यसपछि डिसेम्बर ३० सम्म यथास्थिति रहनेछ। शुक्र ग्रहको यो परिवर्तनले कुन-कुन राशिमा सकारात्मक प्रभाव पार्छ, थाहा पाउनुहोस्….

वृष राशि 

शुक्रको गोचरको कारणले तपाईंको स्वास्थ्य, दाम्पत्य जीवन र आर्थिक स्थितिमा सकारात्मक परिवर्तनहरू देख्न सक्नुहुन्छ। शुक्र ग्रहको प्रभावका कारण तपाईं विपरीत लिङ्गी व्यक्तिप्रति पनि आकर्षित हुन सक्नुहुन्छ तर तपाईंको यस्तो आकर्षण धेरै दिन टिक्दैन। वृष राशिको स्वामी शुक्र स्वयम् हो, त्यसैले यस गोचरको विशेष प्रभाव तपाईंमा देख्न सकिन्छ, तपाईंलाई यस अवधिमा लाभ मिल्नेछ। यो गोचर तपाईंको भाग्योदयको कारण बन्न सक्छ।

मिथुन राशि 

यस अवधिमा सम्पत्ति सम्बन्धि कुनै मामिलामा लगानी गर्नुभयो भने लाभ हुने सम्भावना छ। यसका साथसाथै तपाईंको आम्दानीमा वृद्धि हुने प्रष्ट संकेत पनि देखिन्छ । जीवनमा सुख र सुविधा बढ्नेछ र जीवन साथीबाट राम्रो सहयोग मिल्नेछ। यदि तपाईं अझै पनि पार्टनरको खोजीमा हुनुहुन्छ भने यो समयमा तपाईंको इच्छा पूरा हुनसक्छ । यदि यो अवधिमा तालिम वा कुनै सेमिनारमा पनि भाग लिन सक्नुहुन्छ भने यसले आगामी दिनमा अवश्य लाभ हुनेछ।

मकर राशि 

जीवन साथी वा रोमान्सको खोजीमा रहेका व्यक्तिहरूका लागि यो राम्रो समय हो। विवाहित व्यक्तिको जीवनमा नयाँ खुशी आउन सक्छ। तपाईंले ग्याजेटहरू र मनोरञ्जनका लागि प्रशस्त खर्च गर्नुहुनेछ, तर तपाईंले आफ्नो मेहनतको पैसा खेर फाल्नुहुन्न। यस गोचरको प्रभावबाट तपाईंले राम्रो परिणामहरू प्राप्त गर्नुहुनेछ। यस गोचरको प्रभावले तपाईंको प्रतिष्ठा बढ्नेछ।

कुम्भ राशि 

यो समयमा तपाईंको कडा परिश्रमले तपाईंलाई केहि ठूलो फाइदा दिने सम्भावना छ। यदि यो साँच्चै भयो भने, तपाईंले त्यो नाफा कायम गर्न कडा मेहनत गर्नुपर्छ … अन्यथा तपाईंले जे पाउनुभयो त्यो पनि गुम्न सक्छ। रोजगारीमा नयाँ अवसर खोज्नेहरूका लागि यो समय शुभ रहेको छ। कामको सिलसिलामा वैदेशिक यात्राको योग बन्न सक्छ, जुन तपाईंको लागि लाभदायक रहनेछ। जागिरमा पदोन्नतिको आशा गर्न सकिनेछ ।

मीन राशि 

यो समयमा तपाईंलाई वृद्ध व्यक्तिको सल्लाहबाट लाभ मिल्ने सम्भावना छ। तपाईंले आफ्ना साना भाइबहिनीहरूबाट केही शुभ समाचार पाउनुहुनेछ र तपाईंले केही ठूलो आर्थिक लाभ प्राप्त गर्न सक्नुहुनेछ। पारिवारिक सुखसुविधामा वृद्धि हुनेछ, यस अवधिमा वाहन सुख प्राप्तिको सम्भावना पनि छ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१६:४३

महान् ग्रह शुक्रले बुधबार गर्यो राशि परिवर्तन, यी राशिको भाग्यमा हुनेछ उथलपुथल !