प्याट्रिस इभ्राले म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोको आलोचना गरेकोमा जेमी क्यारागरको आलोचना गरेका छन्। रोनाल्डोले बिहीबार आर्सनल विरुद्ध आफ्नो ८०० औं, ८०१ औं गोल गरेपछि फ्रान्सेली डिफेन्डरले क्यारागरलाई ‘लेनमा बस्न’ आग्रह गरेका छन्।

क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने विषयमा एक साताअघि म्यानचेस्टर युनाइटेडका लिजेण्ड रोय केनसँग क्यारागरको चर्को बहस भएको थियो। क्यारागरले रोनाल्डो अब आफ्नो शिखरमा नरहेको र पहिले जस्तो उत्कृष्ट खेलाडी पनि नभएको बताएका थिए। यद्यपि, आर्सनल विरुद्ध दुई गोल गरेपछि, इभ्राले रोनाल्डोप्रति आफ्नो अनावश्यक घृणाको कारण क्यारागरको चर्चा गर्न सुरु गरे। अर्को पक्षमा, एलन शियरर र थियरी हेनरीले पोर्चुगाली स्टारको प्रतिभाको लागि आफ्नो प्रशंसा व्यक्त गरे।
इभ्राले भने, “रोनाल्डोको बारेमा धेरै कुरा हुन्छन् र मैले यसबारे बुझ्न सकेको छैन। जेमी क्यारागर जस्ता केही खेलाडीले ७७५ खेल खेलेका थिए, आज क्रिस्टियानोले ८०१ गोल गरे। र त्यस्ता खेलाडीले रोनाल्डो बारे कुरा गर्छन्। कहिलेकाहीँ मलाई लाग्छ कि मानिसहरू आफ्नो लेनमा बस्नु पर्छ र म त्यो घृणा बुझ्दिन। कहिलेकाहीँ मानिसहरू उठ्छन् र क्रिस्टियानो रोनाल्डोको बारेमा कुरा गर्न चाहन्छन्।”

एलन शियररले थपे, “तपाईले यसलाई परिप्रेक्ष्यमा राख्नु पर्छ, ८०१ गोलहरू। ८०१! बार्फे। यदि हामीले हाम्रो प्रशिक्षणका गोलहरु पनि गिन्ती गर्यौ बहने हामी (हेनरी र म) त्यो रेकर्डमा पुग्न सक्छौं!”

