रोहितको गोलले पर्सिजालाई जिताए !

एजेन्सी – नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दको गोलमा पर्सिजा जाकर्ताले इन्डोनेसियाको लिग वानमा जित हात पारेको छ । रोहितको गोलमा पर्सिजाले घरेलु मैदानमा पर्सिकावो १९७३ लाई १–० ले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको सुरुवातमै रोहितले गोल गरेका थिए । उनले ४९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

विपक्षी खेलाडीले खिएको ब्याक पासलाई रोहितले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । त्यही गोल नै पर्सिजाको जितमा निर्णायक बन्यो । रोहितले पर्सिकावोविरुद्ध पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।

सेन्ट्रल मिडफिल्डर रोहितले यो सिजन पर्सिजाका लागि १२ खेल खेल्दा २ गोल गरेका छन् । यो जितसँगै पर्सिजा १५ खेलबाट २१ अंक जोडेर नवौं स्थानमा रहेको छ । पर्सिजा शीर्षस्थानको भयाङकारा एफसीसँग १२ अंकले पछि छ । पराजित पर्सिकावो १५ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

प्रकाशित : शनिबार, मङि्सर १८, २०७८०९:१६

युनाइटेड भर्सेस प्यालेस: रोनाल्डो स्क्वाडबाट आउट ?