एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसको सामना गर्दैछ। युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा प्यालेसको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार आइतबार ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ।
युनाइटेड सिजनको शुरुवातमा गरेको कम्जोर प्रदर्शनलाई भुलाउँदै अगाडी बढ्ने दाउमा हुनेछ। युनाइटेडले पछिल्लो खेलमा आर्सनललाई पराजित गरेको थियो। लगातारको कम्जोर प्रदर्शन पछि युनाइटेडले आर्सनललाई ३-२ ले पराजित गरेको थियो।
प्रिमियर लिगका १४ खेल खेल्दा युनाइटेडले ६ खेलमा जित निकाल्दा ५ खेलमा हार बेहोरेको छ। युनाइटेडको २१ अंक छ। हाल युनाइटेड लिगको सातौँ स्थानमा छ। आइतबार हुने खेलमा जित निकाल्न सके युनाइटेड शिर्ष चार तर्फ अगाडी बढ्नेछ।
त्यस्तै प्यालेसको कुरा गर्नुपर्दा पछिल्लो खेलमा प्यालेस लिड्स युनाइटेडसँग पराजित भएको थियो। सिजनका १४ खेल खेल्दा प्यालेसले मात्रै ३ खेलमा जित निकालेको छ भने ४ खेलमा जित निकालेको छ। प्यालेसले ७ खेलमा बराबरी खेलेको छ। १६ अंक सहित प्यालेस ११ औं स्थानमा छ।
खेल कुन च्यानलमा हेर्ने ?
खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्नेछैन। खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट १ मा हेर्न सकिनेछ।