सुआरेजले खोलिदिए मेस्सीको पोल, गरिदिए नयाँ खुलासा !

एजेन्सी – एथ्लेटिको म्याड्रिडका स्टार स्ट्राइकर लुइस सुआरेजले लियोनेल मेस्सीलाई फ्रान्समा घुलमिल हुन गार्हो परिरहेको खुलासा गरेका छन्। पूर्व सहकर्मी समेत रहेका मेस्सी बारे एक मिडियासँग चर्चा गर्नेक्रममा सुआरेजले त्यस्तो खुलासा गरेका हुन्।

टीएनटी स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा सुआरेजले मेस्सी र आफू बीच सधैं जस्तो कुराकानी हुने बताए। मेस्सी र उनी बीच दैनिकी देखि परिवारलाई लिएर कुराकानी हुने गरेको सुआरेजको भनाई छ।

“हामी हरेक दिन कुरा गर्छौं। हामी सधैं अपेक्षाहरूबाट बच्न प्रयास गर्छौं किनभने हामी खेलाडी हौं र हामीलाई थाहा छ कि हामीले ती क्षणहरूमा कसरी प्रतिक्रिया जनाउनुपर्छ। हामी बीच खेल र परिवारलाई लिएर कुरा हुन्छ।”,सुआरेजले भने।

सुआरेजले फ्रान्सको वातावरणमा घुलमिल हुन मेस्सीलाई गार्हो भैरहेको बताए। सो कुरा मेस्सी आफैंले बताएको सुआरेजको भनाई छ। फ्रान्सको चिसो वातावरण मेस्सीका लागि समस्या पैदा गरिरहेको सुआरेज बताउँछन्।

सुआरेजले भने,”मेस्सीले उनलाई चिसोमा खेल्न समस्या भैरहेको बताउँछन्। हिउँमा खेल्न उनलाई धेरै नै गार्हो भैरहेको छ। हिउँमा खेल्न धेरै गार्हो भएको उनले मलाई बताएका छन्। चिसो मौसममा खेल्ने बानि बसेपछि सबै ठिक हुनेछ।”

मेस्सी र सुआरेज धेरै नजिकमा मित्र हुन्। मेस्सीले छाड्नु भन्दा एक वर्ष अगाडी सुआरेजले बार्सिलोना छाडेका थिए। त्यस भन्दा अगाडी मेस्सी र सुआरेजले बार्सिलोनामा रहेर विभिन्न उपाधिहरु जितेका थिए। यी दुईको जोडीले सँगै लालिगा देखि च्याम्पियन्स लिग सम्म जितेका थिए। दुवै गएको दुई सिजन देखि भिन्न-भिन्न टोलीमा रहेपनि मित्रता उस्तै छ। विभिन्न अवसरहरुमा यी दुई परिवार सहित भेटघाट गर्छन्।

प्रकाशित : शनिबार, मङि्सर १८, २०७८१९:५१

शिर्ष स्थानको चेल्सी माथि वेष्ट ह्यामले ह्याम्मर बजार्यो, सिटी र लिभरपुललाई फाइदा !