एजेन्सी – प्रिमियर लिगको शिर्ष स्थानमा रहेको चेल्सी पराजित भएको छ। शनिबार राति भएको खेलमा चेल्सी वेष्ट ह्यामसँग पराजित भएको हो। वेष्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा चेल्सी वेष्ट ह्यामसँग ३-२ गोल अन्तरले पराजित भयो।
गोलमा पकड बनाएपनि चेल्सीले वेष्ट ह्यामलाई पराजित गर्न सकेन। बलमा चेल्सीको ६४ प्रतिशत पकड थियो। चेल्सीले वेष्ट ह्यामको पोस्टमा डेढ दर्जन भन्दा बढी प्रहार गरेपनि वेष्ट ह्यामको चुनौतीलाई पाखा लगाउन सकेन।
चेल्सीको तर्फबाट कुल १९ प्रहार भए। जसमा ७ प्रहार टार्गेटमा थिए। जसमा मात्रै २ प्रहार गोलमा परिणत भए। यस्तै वेष्ट ह्यामको भने बलमा चेल्सी भन्दा कम पकड रहेपनि जित आत्मसात गर्यो। खलभर वेष्ट ह्यामको तर्फबाट कुल ११ प्रहार भएका थिए। जसमा ५ प्रहार टार्गेटमा थिए।
खेलको २८ औं मिनेटमा चेल्सीले थिएगो सिल्भाको गोलमा अग्रता लिएको थियो। त्यसको १२ मिनेटपछि ४० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई वेष्ट ह्यामले खेर जन दिएन, म्यानुअल लान्जिनीले पेनाल्टीमा गोल गरे। पहिलो हाफ सकिनै लाग्दा चेल्सीका मेसन माउन्टले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए।
दोस्रो हाफको ५६ औं मिनेटमा जर्रोड बोवेनले बराबरी गोल फर्काए। खेलको ८७ औं मिनेटमा आर्थर मासुकुले गरेको गोल निर्णायक बन्यो र थप गोल हुन नसक्दा वेष्ट ह्याम विजयी भयो।
शनिबारको जितसँगै वेष्ट ह्यामले चौंथो स्थानमा बलियो पकड बनाएको छ। सिजनमा १५ खेलमा ८ जित, ४ हार र ३ बराबरी सहित वेष्ट ह्यामले २७ अंक जोडेको छ। त्यस्तै चेल्सीले भने शिर्ष स्थानमा पकड बनाउने महत्वपूर्ण मौका गुमाएको छ। चेल्सीले १५ खेलमा १० जित, २ हार र ३ बराबरी सहित ३३ अंक जोडेको छ।

