मेस्सीले अझै भुलेका रहेनछन् रोनाल्डोसँगको त्यो प्रतिष्पर्धा ! के भने ?

एजेन्सी – लियोनेल मेस्सी र रोनाल्डो दुवै फुटबल इतिहाँसको एक अभिन्न हिस्सा रहनेमा दुई मत छैन। मेस्सी र रोनाल्डो बारे आउने कयौं वर्ष सम्म चर्चा हुनेछ। गएको डेढ दशक देखि फुटबल जगतमा दुवैले जसरी दबदबा बनाइरहेका छन्, त्यो पक्कै पनि तारिफ योग्य छ।

पछिल्लो डेढ दशकमा मेस्सी र रोनाल्डोले विश्व फुटबलमा राज मात्र गरेनन् एक अर्कासँग प्रतिष्पर्धा पनि गरे। गोल गर्ने देखि क्लब र व्यक्तिगत रुपमा प्रतिष्ठित उपाधि जित्ने सम्ममा यी दुई बीच प्रतिष्पर्धा रह्यो।

मेस्सी र रोनाल्डो बीचको प्रतिष्पर्धा लालिगामा सबै भन्दा बढी भयो। मेस्सी बार्सिलोना र रोनाल्डो रियल म्याड्रिडमा हुँदा यी दुई बीच परस्पर प्रतिष्पर्धा भयो। तर अहिले अवस्था बदलिएको छ। अहिले मेस्सी फ्रेन्च क्लब पेरिस एन्ट जर्मेन(पिएसजी) र रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा छन्।

फरक-फरक लिगमा भएर पनि यी दुईलाई प्रतिष्पर्धीको रुपमा लिइन्छ। विभिन्न व्यक्तिगत उपाधि र च्याम्पियन्स लिगमा यी दुई एक-अर्काका प्रतिद्वन्दीको रुपमा रहने गर्छन्।

यसै बीच मेस्सीले रोनाल्डो भन्दा उत्कृष्ट हुने भन्दा पनि आफैं भन्दा उत्कृष्ट हुनेमा आफू केन्द्रित हुने गरेको बताएका छन्। करियरको सातौँ बालोन डी’ओर जितेपछि मेस्सीले फ्रान्स फुटबलसँग कुराकानी गर्दै अरु के गरिरहेको छ भनेर चासो दिने भन्दा पनि आफैं भन्दा राम्रो हुनेमा आफ्नो प्राथमिकता रहने गरेको मेस्सीले सुनाए।

तर एकै लिगमा रोनाल्डो र आफू रहँदा धेरै नै प्रतिष्पर्धा भएको र त्यसले नै एक-अर्कालाई अगाडी बढ्न मद्दत गरेको मेस्सीको भनाई छ। मेस्सीले भने,”क्रिष्टियानो रोनाल्डोसँग प्रतिष्पर्धा थियो किनकि हामी धेरै वर्षसम्म एउटै लिगमा थियौं। त्यो उत्कृष्ट थियो र त्यसले हामीलाई हाम्रो करियरमा बढ्न मद्दत गर्यो।”

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१६:०५

नेयमारले १० नम्बरको जर्सी अफर गरेको बारे मेस्सीले मुख खोले ! के भने ?