एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार फरवार्ड एन्जेल डि मारियाले लियोनेल मेस्सी बार्सिलोना छाडेर पिएसजी आउँदा आफूलाई धेरै खुशी लागेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा डि मारियाले मेस्सी पिएसजी आउँदा धेरै नै खुशी लागेको बताएका हुन्।
टिएनटि स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा मेस्सीसँग एकै क्लबमा रहेर खेल्ने चाहना पूर्ण भएको बताए। डि मारियाले कुनै एक समयमा आफू बार्सिलोना जान धेरै नजिक रहेको खुलासा पनि गरे। त्यसबेला मेस्सीसँग एकै क्लबमा खेल पाउने कुराले धेरै नै उत्साहित भएको डि मारियाले उल्लेख गरे।
“म बार्सिलोना जाने धेरै नजिक थिएँ। म उनीसँग खेल्नको लागि मात्रै जान लागेको थिएँ। उनले बार्सिलोना छाड्दा म धेरै नै खुशी भएँ। त्यो मेरो लागि सबैभन्दा राम्रो कुरा थियो। एकै क्लबमा उनीसँग खेल्नु सपना थियो। अहिले पूरा भयो”,डि मारिया भने।
त्यस्तै डि मारियाले सात पटक बालोन डी’ओर जित्नु सामान्य कुरा नभएको पनि बताए। विश्वका सबै भन्दा उत्कृष्ट खेलाडीलाई दिइने सबै अवार्डको हकदार मेस्सी भएको डि मारियाको भनाई छ।

