मेस्सीको चलेन जादू, हार्न लाग्दा वाइनाल्डम र एम्बाप्पे मिलेर पिएसजीलाई बचाए !

एजेन्सी – डच मिडफिल्डर जर्जिनियो विजनाल्डमले इन्ज्युरी समयमा गोल गरेपछि फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) हारबाट जोगिएको छ ।

पिएसजीले घरेलु टोली लेन्ससँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । डेलिलिस फ्रान्समा शनिबार राति भएको खेलमा घरेलु टोली लेन्सले ६२औं मिनेटमा सेको फोफानाको गोलबाट अग्रता लिएको थियो । उनले चिक ओउमार डोउकौरेको पासमा गोल गरेका थिए ।

हारतर्फ उन्मुख पिएसजीलाई विजनाल्डमले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै हारबाट जोगाए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । पिएसजीको यो लगातार दोस्रो बराबरीको नतिजा हो । यसअघि पिएसजीले निससँग गोलरहित बराबरी खेलेको थियो ।

यो बराबरीसँगै पिएसजी १७ खेलबाट ४२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई १३ अंकले पछि पारेको छ । लेन्स २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८०९:३४

बार्सिलोना र एट्लेटिको दुवै हारे, रियल म्याड्रिडलाई फाइदा !