एम्बाप्पेलाई सित्तैमा भित्र्याउनेमा रियल ढुक्क !

एजेन्सी – सन् २०२२ नजिकिँदै गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को तनाव दिन प्रति दिन बढ्दै छ। पिएसजीले युवा स्टार किलियन एम्बाप्पेको सम्झौता थप गर्न भरपुर प्रयास गरिरहेपनि सफल हुन सकिरहेको छैन।

आउने केहि हप्तामै एम्बाप्पे विश्वका कुनै पनि क्लबसँग अग्रिम सम्झौता गर्नका लागि खुल्ला हुनेछन्। जसकारण पिएसजीले त्यस अगाडी नै एम्बाप्पेलाई सम्झौता थप गर्नका लागि फकाइरहेको छ।

एम्बाप्पेको सम्झौता यस सिजनको अन्त्य अर्थात सन् २०२२ जुन सम्मका लागि मात्रै छ। त्यसको ६ महिना अगाडी जनवरी देखि एम्बाप्पेले जुनै पनि क्लबसँग अग्रिम सझौता गर्न पाउनेछन्।

एम्बाप्पेलाई भित्र्याउन सकिनेमा ढुक्क रियल म्याड्रिड

स्पेनिस मिडिया स्पोर्ट्सका अनुसार एम्बाप्पेलाई भित्र्याउन सकिनेमा रियल ढुक्क देखिएको छ। एम्बाप्पेले पिएसजीसँग थप नगर्ने र फ्री ट्रान्सफरमा रियल भित्रिनेमा रियलका अधिकारीहरु ढुक्क रहेको बताइन्छ।

मौका कुर्दै रियल

२ सय मिलियन तिर्न तयार हुँदा पनि एम्बाप्पे भित्र्याउने योजना असफल भएपछि रियल अहिले पर्ख र हेरको अवस्थामा छ। एम्बाप्पेको सम्झौतालाई रियलले धेरै नजिकबाट नियालिरहेको छ।

एम्बाप्पे जनवरीबाट अग्रिम सम्झौताका लागि उपलब्ध हुने हुँदा रियलले त्यहि मौकालाई कुरिरहेको छ। यदि एम्बाप्पेले पिएसजीका सम्पूर्ण प्रस्ताव अस्विकार गरेको खण्डमा रियल र एम्बाप्पे बीच जनवरीमै अग्रिम सम्झौता हुनेछन्।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८११:४२

लेवान्डोस्कीले बालोन डी ओर जित्न के गर्ने? टाउको भुइँमा टेकेर सेन्टरबाट गोल गर्ने ?”