रियल मड्रिडका पूर्व फरवार्ड एन्टोनियो कासानोले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनल मेस्सी उत्कृष्ट रहेको दाबी गरेका छन् । इटालियनले म्यानचेस्टर युनाइटेड स्टारलाई थप सम्मानको माग गरेको भन्दै आलोचना गरेका छन्।
लियोनल मेस्सीले रोबर्ट लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै गत हप्ता सातौं बालोन डी’ओर अवार्ड जितेका छन् । यद्यपि, यो समाचार अर्जेन्टिनाका कट्टर प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई पचेन। मेस्सीको बालोन डी ओर जितपछि रोनाल्डोका एक समर्थकले मेस्सी यो वर्ष ठूला खेलमा हराउने गरेकोले बालोन डी ओर जित्न योग्य नभएको भन्दै गरेको पोष्टमा रोनाल्डोले लाइक र कमेन्ट समेत गरेका थिए।
यस्तोमा क्यासानोले भर्खरै क्रिस्टियानो रोनाल्डोसँग भएको गर्मा-गर्मीको बारेमा चर्चा गरेका छन्। इटालियनले ३६ वर्षीय स्टार लियोनल मेस्सी आफूभन्दा राम्रो भएको भन्दा खुसी नभएको दाबी गरेका छन् । “एक दिन मैले स्पेनीस नम्बरबाट एउटा म्यासेज देखे,” क्यासानोले ट्विच च्यानल बोबो टिभीमा पुन: बताए, “चार लामो म्यासेज… हेरौं कि उनले [रोनाल्डो] यसलाई पुष्टि गर्छन् कि गर्दैनन् किनभने मैले ती म्यासेज जिजी [बुफोन] लाई पनि फर्वार्ड गरें, जसले क्रिस्टियानोलाई मेरो नम्बर दिएका थिए।”
“उनले मलाई भने कि मैले उनलाई सम्मान गर्नुपर्छ, मैले उनले गरेको गोल, उनले के जिते र उनले प्रतिनिधित्व गरेको कुराको सम्मान गर्नुपर्छ,” उनले थपे, “म कसैसँग डराउँदिन र मैले उनलाई जवाफ दिएँ कि मैले भर्खरै सत्य भनेको छु: त्यहाँ एक मात्र रोनाल्डो छन् र मेस्सी उनी भन्दा राम्रो छन्।”

