एन्टोनियो क्यासानोले आफूलाई क्रिस्टियानो रोनाल्डोले आफूसँग धेरै पैसा छ भनेर धाक देखाएको बताएका छन्। रियल मड्रिडका पूर्व फरवार्ड एन्टोनियो कासानोले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनल मेस्सी उत्कृष्ट रहेको दाबी पनि गरेका छन् । इटालियनले म्यानचेस्टर युनाइटेड स्टारलाई थप सम्मानको माग गरेको भन्दै आलोचना समेत गरेका छन्।
क्यासनोले पूर्व रियल म्याड्रिड स्टारले आफूलाई सम्मान गर भनेर म्यासेज समेत गरेको बताएका छन्। “एक दिन मैले स्पेनीस नम्बरबाट एउटा म्यासेज देखे,” क्यासानोले ट्विच च्यानल बोबो टिभीमा पुन: बताए, “चार लामो म्यासेज… हेरौं कि उनले [रोनाल्डो] यसलाई पुष्टि गर्छन् कि गर्दैनन् किनभने मैले ती म्यासेज जिजी [बुफोन] लाई पनि फर्वार्ड गरें, जसले क्रिस्टियानोलाई मेरो नम्बर दिएका थिए।”
“उनले मलाई भने कि मैले उनलाई सम्मान गर्नुपर्छ, मैले उनले गरेको गोल, उनले के जिते र उनले प्रतिनिधित्व गरेको कुराको सम्मान गर्नुपर्छ,” उनले थपे, “म कसैसँग डराउँदिन र मैले उनलाई जवाफ दिएँ कि मैले भर्खरै सत्य भनेको छु: त्यहाँ एक मात्र रोनाल्डो छन् र मेस्सी उनी भन्दा राम्रो छन्।”
जसपछि रोनाल्डो आफूसँग अझ भड्किएको बताउँदै उनले भने, “रोनाल्डोले अझ भन्दै गए कि उनीसँग धेरै पैसा छ। उनले आफ्नो करियरमा धेरै गोल गरे, जबकि मैले मात्र १५० गोल गरेँ। क्रिस्टियानोको जीवनमा सबै कुरा छ। रोनाल्डोले अरु मानिसले के भन्छन् भनेर सोच्नु भन्दा यसलाई सहजमा लिनुपर्छ। उनी मेस्सीजस्तै र आरामदायी हुनुपर्छ।”

