“मलाई रोनाल्डो भन्दा अन्य ५० खेलाडी मनपर्छ, के गर्न सक्छौ ?”

एन्टोनियो क्यासानोले आफूलाई क्रिस्टियानो रोनाल्डो फिटिक्कै मन नपर्ने बताएका छन्। उनले आफूलाई रोनाल्डो भन्दा अन्य ५० भन्दा पनि बढी खेलाडी मन पर्ने खुलासा गरेका हुन्। रोनाल्डोले उनको अगाडी आफ्नो केहि औकात पनि नरहेको बताएको दाबी गरेका छन्।

लियोनल मेस्सीले रोबर्ट लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै गत हप्ता सातौं बालोन डी’ओर अवार्ड जितेका छन् । यद्यपि, यो समाचार अर्जेन्टिनाका कट्टर प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई पचेन। मेस्सीको बालोन डी ओर जितपछि रोनाल्डोका एक समर्थकले मेस्सी यो वर्ष ठूला खेलमा हराउने गरेकोले बालोन डी ओर जित्न योग्य नभएको भन्दै गरेको पोष्टमा रोनाल्डोले लाइक र कमेन्ट समेत गरेका थिए।

यस्तोमा क्यासानोले एक दिन रोनाल्डोले आफूलाई म्यासेज गरेको जसमा आफूले उनलाई सम्मान गर्नुपर्ने लेखेका थिए। उक्त नम्बर रोनाल्डोको भएको पुष्टि गर्दै क्यासानोले भने, “मैले उक्त म्यासेज बुफोनलाई पनि फरवार्ड गरेको छु किनकि उनले नै मेरो नम्बर रोनाल्डोलाई दिएका थिए।”

रोनाल्डोले त्यस्तो म्यासेज गरेपछि आफूले ३६ वर्षीय स्टारसँग कुनै डर नै नमानी उनी भन्दा मेस्सी उत्कृष्ट भएको भन्दै रिप्लाई गरेको पनि बताए। जसपछि रोनाल्डोले आफूलाई उनीसँग धेरै पैसा भएको र उनको अगाडी आफ्नो औकात केहि पनि नभएको भनेको बताउँदै इटालियनले भने, “यो सत्य हो, मैले बुफोनलाई फोन गरेँ र उसलाई पनि भनेँ, मैले जर्जियो चिलिनीलाई पनि भनेको थिएँ। मैले उनलाई कहिल्यै अनादर गरेको छैन, एक पुरुष वा फुटबलरको रूपमा। मलाई उनी मन पर्दैन। मलाई उनी भन्दा त अन्य ५० खेलाडी मन पर्छ, के भयो त ल ?”

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१३:०२

“मैले आफूलाई कहिल्यै म इतिहासमा सर्वश्रेष्ठ खेलाडी हुँ भनेको छैन”