कीर्तिमानी सातौं बालोन डी’ओर ताज जितेपछि अर्जेन्टिनाका खेलाडी लियोनेल मेस्सीले आफ्नो प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्नु थप प्रेरणाको स्रोत कहिल्यै नरहेको दाबी गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड मेस्सीले सोमबार गम्भीर प्रतिद्वन्द्वी रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै विश्वको उत्कृष्ट खेलाडीको रुपमा आफ्नो हैसियत कायम गरेका छन् ।
सोमबारको जितसँगै अब मेस्सीले सन् २०१० पछि पहिलो पटक शीर्ष तीनबाट बाहिर रहेका म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोनाल्डोभन्दा दुई पटक बढी प्रतिष्ठित अवार्ड हात पार्न सफल भएका छन्। यी दुई स्टारले पछिल्ला १३ मध्ये १२ पटक बालोन डी ओर अवार्ड जितेका छन्। मेस्सीले ७ पटक यो पुरस्कार हात पार्न रोनाल्डो ५ पटक विजेता घोषित भए।
उनीहरूले बार्सिलोना र रियल म्याड्रिडसँग ला लिगामा आफ्नो समयमा व्यक्तिगत मात्र नभएर टिमको सफलताका लागि पनि संघर्ष गरे, तर मेस्सी भन्छन् कि उनी रोनाल्डोको सफलता भन्दा पनि आफूमा मात्र केन्द्रित थिए। उनले फ्रान्स फुटबललाई भने, “म सधैं आफ्नो नै सफलतालाई पार गर्न चाहन्थें र अरूले के गरिरहेको छन् भनेर त्यति सोचेको छैन। क्रिस्टियानोको साथ, हामीले वर्षौंसम्म एउटै लिग भित्र हाम्रो लडाई जारी राख्यौं। यो अद्भुत छ र यसले हामी दुबैलाई हाम्रो करियरमा बढ्न मद्दत गरेको छ। मलाई कहिल्यै अरु भन्दा उत्कृष बन्नु छैन, म आफू भन्दा नै उत्कृष्ट हुने प्रयास गर्छु।”