अध्यक्ष पद खुस्किएपछि रन्थनिएका थापा: हिमानीलाई पनि छाडेनन् !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्व अध्यक्ष कमल थापा आइतबार बिहानबाट रन्थनिन सम्म रन्थनिएका छन्। राप्रपाको महाधिवेशनमा आफू पराजित हुन्छु होला भनेर उनले सायदै सोचेका थिए होला। तर परिस्थित यस्तो बन्यो कि उनी राजेन्द्र लिङ्देनसँग पराजित हुन पुगे। पराजित भएसँगै करिब दुई दशक देखिको उनको रजगज सकिएको छ।

अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह माथि केहि आरोप लगाइरहेका छन्। थापाका अनुसार उनी ज्ञानेन्द्रका कारण पराजित भएका छन्। ज्ञानेन्द्रले सिधा हस्तक्षेप गरेको थापाको आरोप छ।

थापाले पराजित हुने बितिकै ट्वीटरबाट प्रतिक्रिया जनाउँदै सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको बताएका थिए।

“सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।”,उनले भनेका थिए।

रोकिएनन् थापा

थापा त्यतिमा मात्र रोकिएनन्। थापाले पूर्व युवराज्ञी हिमानी शाहलाई पनि कटाक्ष गरेका छन्। अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई पूर्व युवराज्ञी हिमानी शाहले बधाई दिएपछि थापाले हिमानी माथि पनि कटाक्ष गरेका हुन्।

हिमानीले लिङ्देनलाई सामाजिक सञ्जालमार्फत दिएको बधाई तथा शुभकामनामा प्रतिक्रिया जनाउँदै अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना भनेर लेखेका छन्।

“अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना।”,थापाको कटाक्ष छ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१५:०५

दलको राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही गर्न उच्च अदालत पाटनको आदेश