बार्यन विरुद्ध बार्सिलोना: ब्याण्ड नबजे हुन्थ्यो, जित्ने आश छैन, सबै भगवान भरोसा !

शनिबार रियल बेटिस विरुद्धको जितले बार्सिलोनालाई च्याम्पियन्स लिगमा बुधबार बायर्न म्युनिखसँगको महत्वपूर्ण द्वन्द्व अगाडि आत्मविश्वास बढाउने काम गर्न सक्थ्यो। तर ब्लाउग्रानाले पहिलो हाफमा खराब प्रदर्शन प्रस्तुत गर्‍यो र दोस्रो हाफमा त्यो अन्तिम फिनिसिङ टचको अभाव रह्यो, जसको कारण बेटिसले क्याम्प नोउबाट सबै तीन अंक फुत्काउन सफल भयो।

सिजनको सुरुवातदेखि नै बार्सिलोनामा स्कोरीङको समस्या देखिएको थियो। सुरुवाती ११ मा पर्ने हरेक जसो फरवार्ड चोटिल हुँदा क्लब निकै धर्मराएको छ। पूर्व प्रशिक्षक रोनाल्ड कोम्यान पनि यस समस्याको समाधान खोज्न असफल रहेका थिए भने अहिले जाभीको लागि पनि सोहि समस्या टाउको दुखाई बनेको छ।

जाभी हर्नान्डेजलाई अब उही समस्याको बोझ छ र बेटिस विरुद्धको खेलमा उनले आक्रमण पङ्क्तिमा केही रचनात्मकताको खोजीमा फिलिप काउटिन्होलाई प्रयोग गर्ने निर्णय गरे। ब्राजिलियन स्टारले खेलमा उत्कृष्ट सुरुवात गरे तर खेल अगाडी बढ्दै जाँदा पूर्व लिभरपुल स्टारको प्रदर्शन फिक्का हुँदै गयो, जबकि अब्डे इज्जलजौलीले पनि दाहिने तर्फ कुनै प्रभाव पार्न सकेनन्।

मेम्फिस डेपे अर्को खेलमा बार्सिलोनाको कुनै पनि आक्रमणमा हराएको महशुस भयो, उस्माने डेम्बेले बेन्चबाट मैदान प्रवेश गर्दै केहि फरक पार्ने कोशिस भने गरे तर असफल रहे। फ्रान्सेली खेलाडी विशेष रूपमा सक्रिय थिए र तीन ठूला अवसरहरूमा संलग्न थिए, तर बार्सिलोनाका लागि गोल भने गर्न सकेनन्। जाभीले अन्तिम आशको रूपमा लुक डे जोङलाई पठाउने निर्णय गरे तर उनले विरलै प्रभाव पारे।

बार्सिलोना बेन्फिका विरुद्ध भाग्यशाली साबित भयो कि पोर्चुगिज क्लबले क्याम्प नोउमा जित निकाल्ने ठूलो मौका खेर फाल्यो, तर बेटिसले ब्लाउग्रानालाई दण्ड दिन सफल भयो। अब बार्सिलोनाको अर्को खेल च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलको रूपमा बार्यन म्युनिख विरुद्ध रहेको छ। यी दुई टोली बीचको पछिल्लो २ खेलमा बार्यनले एक खेलमा ८-२ को फराकिलो जीत निकाल्दा अर्को खेलमा ३-० को सहज जीत हात पारेको थियो।

बार्सिलोनाका लागि अर्को चरणमा प्रवेश गर्नको लागि जर्मन च्याम्पियनलाई पराजित गर्नै पर्ने स्थिति रहेको छ। यदि बार्सिलोना बार्यन म्युनिखसँग पराजित भएको खण्डमा भने बेन्फिका र डिनामो किभ विरुद्धको खेल बराबरीमा सकिए वा बेन्फिका पराजित हुनुपर्नेछ।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८११:३९

मेस्सी भर्सेस रोनाल्डो: को हो फुटबल जगतको असली ‘GOAT’ ?