ओमिक्रोन संक्रमित मंसिर ३ गते नै नेपाल आएको खुलासा !

काठमाडौँ – नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएका व्यक्ति मंसिर ३ गते नेपाल भित्रिएको बताइएको छ। नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको हो। मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका ६६ वर्षीय उक्त विदेशी नागरिक ओमिक्रोनको संक्रमण भेटिएको मुलुक हुँदै नेपाल आइपुगेको बताइको छ। नेपाल आउँदा उनको रिपोर्ट नेगेटिभ रहेको र विमानस्थलमा गरिएको परिक्षण पनि नेगेटिभ नै आएको थियो। तर मङ्सिर ७ गते उक्त व्यक्ति कोरोना संक्रमणसँग मिल्ने केहि लक्षण देखा परेसँगै पुन: गरिएको परिक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ नै आएको थियो।

ती विदेशी नागरिकसँग सम्पर्कमा आएका एक नेपाली नागरिक कै पनि मङ्सिर ७ गते गरेको परिक्षण नेगेटिभ आएको थियो। तर दुबै व्यक्ति सोमबार भने नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको हो। स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन ।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८१५:३०

३५ देशमा फैलिएको ओमिक्रोन नेपालमा देखियो, उच्च सतर्कता !