बार्सिलोनाको नाम सुनेर सलाह मख्ग्ख परेपछि लिभरपुल चिन्तित !

मोहम्मद सलाह एनफिल्डमा आफ्नो हालको सम्झौताको अन्तिम १८ महिनामा प्रवेश गर्दै गर्दा लिभरपुलका समर्थकहरु बीच इजिप्टियनको भविष्यलाई लिएर चिन्ता सुरु हुन थालेको छ।

सालाह २०२१/२२ सिजनमा अहिलेसम्म सनसनीपूर्ण फर्ममा छन् र लिभरपुललाई आफ्नो गोलका साथ हरेक उपाधिको दौडमा राख्न सफल भएका छन्। तर एनफिल्डमा बस्ने इच्छाको बाबजुद पनि उनको सम्झौताको बारेमा भने कुनै समाधान आउन सकेको छैन। लिभरपुल इकोले मर्सीसाइड क्लब र सालाहका प्रतिनिधिहरूबीच केही समयदेखि वार्ता जारी रहेपनि अहिलेसम्म कुनै सहमति नभएको बताएको छ।

“मैले धेरै पटक भनेको छु: यदि निर्णय मेरो हातमा हुने हो भने, म लिभरपुलमा बस्न चाहन्छु,” सलाहले भने, “तर निर्णय व्यवस्थापनको हातमा छ र उनीहरूले यो समस्या समाधान गर्नुपर्छ। कुनै समस्या छैन, तर हामीले सम्झौताको लागि निर्णयमा पुग्नु पर्छ। यो उनीहरुको हातमा छ। तपाईंको वित्तीय मूल्यले क्लबले तपाईंलाई कत्तिको कदर गर्छ र तपाईं रहनका लागि उनीहरुले के गर्न तयार छन् भन्ने देखाउँछ, तर निर्णय आफैंमा ती वित्तीय मामिलाहरूमा आधारित हुँदैन।”

पूर्व रोमा स्टारले थपे, “त्यहाँ टोली र प्रशिक्षकको महत्वाकांक्षा र उनले टोली र खेलाडीहरूसँग के गर्न चाहन्छन् भन्ने जस्ता कुराहरू छन्। निर्णय गर्दा यी सबै महत्त्वपूर्ण बुँदाहरू हुन्।”

सलाह बार्सिलोनामा ?

यसअघि चेल्सीले अनुबन्ध गरेपछि फियोरेन्टिना र रोमाका लागि खेलिसकेका सालाह पुन: नयाँ चुनौतीको सामना गर्ने सोचमा छन् र बार्सिलोना प्रशिक्षक जाभी हर्नान्डेजले उनलाई बार्सिलोना लैजाने इच्छा व्यक्त गरेका छन्। सालाहले भने, “मलाई अनुबन्ध गर्न जाभीको रुचिबारे के भनिएको थियो त्यो मैले पढेको छु। बार्सिलोना जस्तो टोलीले ममा चासो राखेकोमा मलाई खुशी लागेको कुरा हो, तर म लिभरपुलमा खुसी छु र भविष्यमा के हुन्छ हेर्नेछौं। तर यस समय, म प्रिमियर लिगमा रहन रुचाउँछु किनकि यो संसारको सबैभन्दा बलियो लिग हो।”

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८१७:०९

मेस्सीको निशानामा परे पोचेटिनो, अब सिदै आउट ?