मित्रपार्कबाट दुई ‘गुण्डा’ पक्राउ, धम्कि दिएको भरमा उठाउँथे करोडौं !

काठमाडौँ – काठमाडौँमा गुण्डागर्दी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँमा गुण्डागर्दी गर्ने र धम्कि दिएर रकम असुली गर्न खोज्ने दुई जनालाई प्रहरीले मित्रपार्कबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाण्डौ गगाँहिटि घर भई सुकेधारा बस्ने ४० वर्षिय मिलन जोशी र दोलखा भिमेश्वर नगरपालिका घर भई बालुवाटार बस्ने रबिन्द्र बस्नेत रहेका छन्। दुवै आइतबार पक्राउ गरेका हुन्।

काठमाण्डौको पानीपोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति पच्चीस हजारका दरले कमिशन माग्दै दिएको भन्दै उजुरी परेपछि निजहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

उनीहरूले धम्कि दिएर ९० लाख २५ हजार रुपैयाँ लिइसकेको प्रमाणसहित पिडित पक्षले उजुरी दिएको थियो। आरोपीहरुले मेनपावर कम्पनिमा आएर सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरुलाई समेत हातपात गरेको बताइन्छ।

पक्राउ परेका दुवैलाई महाशाखाले महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाएको छ भने उनीहरु उपर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८१८:४१

नेपाल एयरलाइन्सलाई खतराजन्य पदार्थ ओसारपसारमा अनुमति!