हिजो घटबढ नभएको सुनको मूल्य आज घट्यो, चाँदी पनि सस्तो भयो !

काठमाडौँ – हप्ताको तेस्रो दिन आज सुनको मूल्य घटेको छ। हप्ताको पहिलो दिन बढेर दोस्रो दिन स्थिर रहेको सुनको मूल्य आज मंगलबार घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार ७ सय रुपैंयाँले बढेको थियो। आइतबार र सोमबार छापावाला सुन ९२ हजार रुपैंयाँमा कारोबार हुँदा तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैंयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा रु १० ले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८११:०६

बलेवामा प्याराग्लाइडिङ ः संरचना छ, उडान छैन !