च्याम्पियन्स लिगमा आज: मेस्सीको चमत्कार देखिएला त ? कुन च्यानलमा हेर्ने खेल ?

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) विभिन्न आठ खेलमा प्रतिस्पर्धा हुदैछ । आज समूह ‘ए’, बी, सी र डीका समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुदैछ ।

समूह ‘ए’ मा पिएसजीले क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्दा आरबी लाइप्जिगले म्यानचेस्टर सिटीसँग खेल्दैछ । यो समूहबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह विजेता तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । दुवै टोली समूह चरणमा जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् । क्लब ब्रुग र लाइप्जिग पनि जितसहित लिग चरण अन्त्य गर्ने लक्ष्यमा हुनेछन् ।

समुह ‘बी’ मा एफसी पोर्टाे र एट्लेटिको म्याड्रिड तथा एसी मिलान र लिभरपुल प्रतिस्पर्धा हुनेछ । यो समूहबाट लिभरपुल शतप्रतिशत जितसहित १५ अंक जोडेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । पोर्टाे, मिलान र एट्लेटिको म्याड्रिडको नकआउट चरण पुग्ने सम्भावना रहेको छ । यो दुई खेलमा बराबरीको नतिजा निस्किएको खण्डमा पोर्टाे समूह उपविजेता बन्दै अघि बढ्नेछ ।

समूह ‘सी’ मा आयाक्सले स्पोर्टिङ सिपीसँग तथा बोरुसिया डर्टमुन्डले बेसिक्टाससँग खेल्दैछ । आयाक्स र स्पोर्टिङ सिपीले नकआउट चरणमा स्थान पक्का गरिसक्दा डर्टमुनन्ड र बेसिक्टास बाहिरिसकेको छ । बेसिक्टासले अंकको खाता खोल्न सकेको छैन ।

समूह ‘डी’ मा रियल म्याड्रिडले इन्टर मिलानसँग तथा साख्तर डोनेस्कले एफसी सेरिफसँग खेल्दैछ । यो समूहबाट रियल र इन्टरले नकआउट चरणको यात्रा तय गरिसक्दा सेरिफ र साख्तर बाहिरिसकेका छन् । रियल र इन्टरबीचको खेलले समूह विजेताको छिनोफानो गर्नेछ । समूह ‘ए’ खेल नेपाली समय अनुसार राती ११ः३० तथा अन्य तीन समूहका खेल राती १ः४५ बजे सुरु हुनेछन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१२:५१

“रोनाल्डो जस्तो कोहि छैन, उनीसँग खेल्न पाउनु नै ठूलो कुरा हो”