रियल र इन्टर आमने-सामने हुँदै, खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरिसकेका रियल म्याड्रिड र इन्टर मिलान आज आमने-सामना हुँदैछन्। रियल र इन्टर रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा आमने-सामने हुन लागेका हुन्। खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुनेछ।

रियल र इन्टर च्याम्पियन्स लिगको समूह ‘डी’को शिर्ष स्थानमा रहेको छ। समूहचरणका ५ खेल खेल्दा रियलले ४ खेलमा जित निकाल्दा १ खेलमा हर बेहोरेको छ। रियलको १२ अंक रहेको छ। त्यस्तै इन्टर भने समूहको दोस्रो स्थानमा छ। उसले ५ खेलमा ३ खेलमा जित निकाल्दा १ खेलमा हार बेहोरेको छ। इन्टरको १० अंक छ।

आज हुने खेलमा दुवै टोली शिर्षस्थानमा रहेर समूह चरणको अन्त्य गर्ने पक्षमा हुनेछन्। आजको खेलमा बराबरी मात्रै खेलेपनि रियल शिर्षस्थानमा रहनेछ। तर उता इन्टरले भने शिर्षस्थानमा रहनको लागि रियललाई पराजित गर्नुपर्नेछ।

आज हुने खेलमा करिम बेन्जेमा खेल्ने सम्भावना धेरै कम रहेको छ। रियल सोसिडाड विरुद्धको खेल बेन्जेमा घाइते भएका थिए। उनको स्थान लुका जोभिकले लिनेछन्। भिनिसियस जुनियर, मार्काे एसेन्सियो, क्यासमिरो, टोनी क्रुस, लुका मोड्रिच, डेभिड अलाबा, इडर मिलिसाओ, ड्यानी कार्भाजल, फेडे भाल्भेर्डे र गोलरक्षक थिवाउट कोर्टुवा लगायत रियलको पहिलो रोजाईमा हुन सक्छन्।

त्यस्तै इन्टरसंग लाउटारो मार्टिनेज, इडेन जेको, इभान पेरिसिस, हाकान चाल्हानोग्लु, मार्सेलो ब्रोजोभिच, निकोला बरेल्ला, डेन्जेल डमफ्रेज, स्टेफन डि भ्राए, मिलान स्क्रिनिएर र गोलरक्षक समिर हान्डानोभिच जस्ता खेलाडी हुनेछन्।

खेल कुन च्यानलमा हेर्ने ?

च्याम्पियन्स लिगका कुनै पनि खेलाडी नेपाली च्यानलहरुले प्रशारण गर्दैनन्। च्याम्पियन्स लिग प्रशारणको अधिकार भारतीय सोनी टेलिभिजनसंग रहेको छ। रियल र इन्टर बीचको खेल सोनी टेन १ मा हेर्न सकिनेछ।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१६:५९

च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै ! कुन खेल कुन च्यानलमा हेर्ने ?