मेस्सीको रेकर्ड माथि एम्बाप्पेको धावा, तोडेरै छाडे !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड आफ्नो नाम गराएका छन्। मंगलबारको खेलमा क्लब ब्रुगलाई विरुद्ध दुई गोल गरेसँगै एम्बाप्पेले यस अगाडी लियोनेल मेस्सीको नाममा रहेको एक रेकर्ड आफ्नो नाम गराएका हुन्।

च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा एम्बाप्पेले दुई गोल गरे। खेलको दोस्रो मिनेटमै एम्बाप्पेले गोल गरेका थिए। नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले बचाएपनि रिबाउन्डलाई एमबाप्पेले गोलमा परिणत गराएका थिए। त्यस्तै खेलको सातौं मिनेटमा एन्जल डी मारियाको पासमा गोल गरेसँगै मेस्सीको नाममा रहेको रेकर्ड तोडिएको थियो।

क्लब ब्रुग विरुद्ध दुई गोल गरेसँगै एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबै भन्दा कान्छा खेलाडी बनेका छन्। यस अगाडी सो रेकर्ड मेस्सीको नाममा थियो। सन् २०१० मा मेस्सीले ३० च्याम्पियन्स लिग गोल पूरा गरेका थिए। ३० गोल पूरा गर्दा मेस्सी २३ वर्ष र १ सय ३१ दिनका थिए। तर एम्बाप्पेले भने मात्रै २२ वर्ष ३ सय ५२ दिनमा ३० गोल पूरा गर्न सफल भए।

उच्च लयमा एम्बाप्पे

च्याम्पियन्स लिगको जारी सिजनमा एम्बाप्पे उच्च लयमा देखिएका छन्। एम्बाप्पेले पिएसजीका लागि ६ खेल खेल्दा ४ गोल गरेका छन् भने ४ असिस्ट दिएका छन्। मेस्सीको डेब्यु गोलका लागि पनि एम्बाप्पेले नै असिस्ट दिएका थिए।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८०८:५४

बार्सिलोनाको असली प्रतिक्षा आज ! खेल कुन च्यानलमा हेर्ने ?