एजेन्सी – गएराति च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले क्लब ब्रुगलाई पराजित गर्यो। पिएसजीको घरेलु मैदानमा भएको खेलमा किलियन एम्बाप्पे र लियोनेल मेस्सीले दुई-दुई गोल गरे। जस मध्ये मेस्सीले गरेको एक गोल पेनाल्टी थियो। क्लब ब्रुगका लागि भने माट्स रिट्सले सान्त्वना गोल फर्काए।
सो खेलमा एम्बाप्पेले लियोनेल मेस्सीको रेकर्ड तोड्न सफल भए। क्लब ब्रुग विरुद्ध दुई गोल गरेसँगै एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबै भन्दा कान्छा खेलाडी बने। यस अगाडी सो रेकर्ड मेस्सीको नाममा थियो। सन् २०१० मा मेस्सीले ३० च्याम्पियन्स लिग गोल पूरा गरेका थिए। ३० गोल पूरा गर्दा मेस्सी २३ वर्ष र १ सय ३१ दिनका थिए।
एम्बाप्पेले आफ्नो रेकर्ड तोडेकै दिन मेस्सीले फुटबलका महान लेजेण्ड पेलेलाई पछि पारेका छन्। फुटबल करियरमा ७ सय ५७ गोल गरिसकेका पेलेलाई मेस्सीले मंगलबार पछि पारेका हुन्। ब्रुग विरुद्ध दुई गोल गरेसँगै मेस्सीको करियर गोल संख्या ७ सय ५८ पुगेको छ।
पेलेलाई पछि पारेसँगै मेस्सी करियरमा सबै भन्दा बढी गोल गर्ने दक्षिण अमेरिकी खेलाडी बनेका छन् भने सबै भन्दा बढी गोल गर्ने विश्वको दोस्रो खेलाडी बनेका छन्।
करियर गोलको मामलामा मेस्सी क्रिस्टियानो रोनाल्डो भन्दा मात्रै पछि छ। रोनाल्डोले अहिले सम्म ८ सय गोल गरिसकेका छन्। गएको हप्ता आर्सनल विरुद्ध रोनाल्डोले दुई गोल रोनाल्डोको गोल संख्या ८ सय १ पुगेको थियो। यस हिसाबले मेस्सी रोनाल्डो भन्दा ४३ गोलले पछि छन्।