डिसेम्बर ०८ अर्थात् आज दुई प्रमुख ग्रह एउटै राशिमा मिल्न लागेका छन्। डिसेम्बर ८ मा शुक्र र शनि मकर राशिमा एकसाथ विराजमान हुनेछन्। शनिदेव अहिले मकर राशिमा छन्। मकर शनिदेवको आफ्नै राशि हो। शनिदेव कुनै एक राशिमा करिब साढे दुई वर्ष बसेर कुनै एक राशिमा पुन: आउन ३० वर्ष लाग्छ। ज्योतिषशास्त्रमा शनिलाई न्याय र कर्मको कारक ग्रह मानिन्छ भने शुक्रलाई सुख, भोग, सौन्दर्य, विलास र प्रेमको कारक ग्रह मानिन्छ। डिसेम्बर ८ मा शुक्र मकर राशिमा आउँदैछ, जहाँ शनिदेव पहिले नै विराजमान छन्।
कहिलेसम्म हुनेछ शनि-शुक्र ग्रहको संयोजन
सुख र वैभव दिने ग्रह शुक्र आज दिउँसो १:११ मा मकर राशिमा प्रवेश गर्नेछ, जहाँ यो शनिसँग संयुक्त हुनेछ। मकर राशिमा शुक्र र शनिको यो संयोग डिसेम्बर ३०, २०२१ सम्म रहनेछ। यसपछि शुक्र कुम्भ राशिमा सर्नेछ।
शनि-शुक्रको संयोजनबाट हुने लाभ
एकातिर जहाँ शुक्र ग्रहले सुख, समृद्धि र विलासिता प्रदान गर्छ, अर्कोतर्फ शनिले शुभ कर्म गरेमा शुभ फल दिने गर्दछ। यस्तो अवस्थामा मकर राशिमा शनि-शुक्रको संयोगले करियर, रोजगार, व्यापार र भाग्यमा धेरै मद्दत गर्छ। मकर राशिमा शनि-शुक्रको संयोगले मानिसलाई धेरै शुभ फल प्रदान गर्दछ।
कुन-कुन राशिलाई फाइदा ?
मेष, कर्कट, सिंह, कन्या, मकर र कुम्भ राशिका व्यक्तिहरुलाई संयोगबाट धेरै लाभ मिल्ने देखिन्छ ।