सबैलाई थाहा छ कि क्रिस्टियानो रोनाल्डो किलियन एमबाप्पेको आइडल रहेका छन् तर यस्तो देखिन्छ कि लियोनल मेस्सीले एम्बाप्पेको मन परिवर्तन गर्न सफल हुँदै छन्। जब अर्जेन्टिनी स्टार खेलाडी हिलो पटक एफसी बार्सिलोनाबाट पीएसजीबाट आइपुगेका थिए, विभिन्न रिपोर्टका अनुसार फ्रेन्च स्टार मेस्सीको आगमनले खुसी थिएनन्।
लामो समय देखि रियल म्याड्रिडको जर्सीमा खेल्ने सपना रहेका एम्बाप्पे सधैं नै रोनाल्डोको ठूलो प्रशंसक रहँदै आएका छन्। पीएसजी बोर्डले मेस्सीसँग केहि महिना खेलेपछि क्लबमा रहन र नयाँ सम्झौतामा हस्ताक्षर गर्न पनि मनाउन सक्ने आशा गरेको छ। तर यसबारे भने हेर्न बाँकी नै रहेको छ।
यद्यपि, एमबाप्पेले मेस्सीसँग अब केहि समय देखि खेल्दै आएका छन् र क्लब ब्रुग विरुद्धको मंगलबारको खेलपछि उनी विश्वस्त देखिन्छन्। विश्व विजेता स्टार खेलाडी एम्बाप्पेले २ गोल गरेको खेलमा मेस्सीले पनि २ गोल गर्दै पीएसजीलाई ४-१ को जीत दिलाउन सफल भए। एम्बाप्पेले खेलपछि पत्रकारसँग कुरा गर्दै मेस्सीलाई उनको उपलब्धिको लागि बधाई दिएका छन्। तर उनले एक वाक्यांश पनि भने जसले सायद उनको सोचमा मेस्सी रोनाल्डो भन्दा उत्कृष्ट खेलाडी हुन् भनेर प्रमाणित गर्यो।
खेलपछि एम्बाप्पेले प्रेसलाई के भने, “लियोनेल मेस्सीसँग खेल्न सजिलो छ। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्। उनले केहि दिनअघि बालोन डी’ओर जितेका थिए। उनले आज दुई गोल गरे, उनी खुसी छन्, र मलाई आशा छ कि उनले हामीलाई भविष्यमा मद्दत गर्नेछन्।”