ह्वात्तै बढ्यो सुनको भाउ, २ हप्ता यता कै महँगो भयो !

हप्ताको पहिलो दिन बढेर सोमबार स्थिर रहँदै मंगलबार घटेको सुनको मूल्य आज बुधबार भने बढेको छ। सोमबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले गिरावट आएको सुनको मूल्यमा बुधबार भने ५ सय रुपैयाँको वृद्धि आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ५ सय प्रतितोलाले बढेको छ। मंगलबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको भाउ बुधबार ५ सयले बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै, तेजाबी सुनको भाउमा पनि सोमबार ५ सय रुपैयाँले वृद्धि आएको छ। सोमबारको तुलनामा मंगलबार २ सय रुपैयाँले घटेको तोलाको ९१ हजार ३ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य बुधाबर ५ सय रुपैयाँले वृद्धि भएर तोलाको ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।

सुन १३ दिन यताकै महँगो 

बुधबार कायम भएको सुनको भाउ पछिल्लो १३ दिन यता कै महँगो रहेको छ। गत मङ्सिर ७ गते छापवाला सुनको मूल्य तोलाको ९२ हजार ३ सय रहेको थियो भने तजाबी सुनको मूल्य तोलाको ९१ हजार ८ सय कायम भएको थियो। जसपछिका कुनै दिनमा पनि सुनको मूल्य आजको विन्दुमा पुगेको थिएन।

चाँदीको मूल्यमा पनि वृद्धि 

बुधबार चाँदीको मूल्यमा पनि वृद्धि आएको छ। सोमबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ११ सय ९० मा कारोबार भएको थियो। मंगलबारको तुलनामा १० रुपैयाँले बढेर सोमबार चाँदीको मूल्य १२ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८१३:०३

नेप्सेको ओरालो यात्रा कायमै, डुबानमा यी कम्पनीमा लगानी गर्नेहरु !