लालिगा र च्याम्पियन्स दुबै उपाधि उछिट्याउने दाउमा रियल म्याड्रिड, सफल होला त ?

रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले मंगलबार राति एस्टाडियो सान्टियागो बर्नाबेउमा इन्टरलाई २-० ले पराजित गरेपछि प्रेससँग कुरा गर्दै क्लबले यस सिजनको च्याम्पियन्स लिग जित्न सक्ने दाबी गरेका छन्।

लस ब्लान्कोसका कोच आफ्नो पक्षको प्रदर्शनबाट खुसी थिए। रियलका लागि डिफेन्स केहि समस्या भएपनि उनी यस वर्षको च्याम्पियन्स लिगमा आफ्नो पक्षको सम्भावना बारे विश्वस्त रहेका छन्। चोटका कारण मैदान बाहिर रहेका कप्तान करिम बेन्जेमाको स्थानमा सुरुवाती ११ मा खेलेका लुका जोभिकले पनि आफूलाई निकै प्रतिभा भएको देखाउन सफल भए।

“लुका जोभिकले धेरै राम्रो खेले, आक्रमणको चरणमा, नियन्त्रण चरणमा पनि टोलीलाई मद्दत गरे …,” एन्सेलोटीले खेल पछि भने, “हामीसँग करिम निको हुन सक्छ कि भनेर हेर्नको लागि दिनहरू छन्, मलाई लाग्छ कि उनी समय मै ठिक हुनेछन्।”

एन्सेलोटीले त्यसपछि टोली अहिले कहाँ उभिएको छ भनेर मूल्याङ्कन गरे। “हामी राम्रो गरिरहेका छौं। हामी उच्च स्तरमा छौं र अब हामीसँग ठूलो रक्षात्मक प्रतिबद्धता छ,” उनले भने, “कहिलेकाहीँ हामी पर्याप्त मात्रमा उच्च दबाब दिन सफल हुदैनौं। हामी ठीक छौं, हामी सहज छौं… हामीसँग खुला पिचमा डिफेन्स गर्ने कुनै साधन छैन। कहिलेकाहीँ यो असहज हुन्छ, तर हामी धेरै राम्रो गर्दैछौं।”

त्यस्तै, पूर्व एसी मिलान प्रशिक्षकले आफ्नो टोली यस सिजन लालिगा र च्याम्पियन्स लिग दुबै जित्न सक्षम रहेको दाबी गरेका छन्। “हामीसँग ला लिगा जित्ने गुणस्तर र च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने गुणस्तर छ,” उनले भने, “च्याम्पियन्स लिग जित्नको लागि गुणस्तरको साथ कुनै टोलीहरू छैनन्, तर प्रतिस्पर्धा गर्नको लागि छन्। हामी भन्दा धेरै गुणस्तर भएका टोली पनि छन्। हामी डिफेन्सबाट हेर्ने हो भने त्यति उत्कृष्ट टोली हैनौं। तर हामी हाम्रो सत-प्रतिशत दिनेछौं।”

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८१३:३८

एक वर्ष भित्रै पेलेका तीन रेकर्ड तोडिदिए मेस्सीले, अब रोनाल्डो माथि धावा बोल्ने !