बार्सिलोना युरोपको सबैभन्दा सफल टोली मध्ये एक हो, तर क्लब अहिले सङ्क्रमणकालमा छ जसको पूर्व खेलाडी जाभी अब क्लबको प्रशिक्षकको जिम्मेवारीमा छन् र दिग्गज खेलाडी लियोनल मेस्सी पेरिस सेन्ट-जर्मेनमा सरुवा भएका छन्।
ब्लाउग्रानाले २०१५ पछि च्याम्पियन्स लिग ट्रफी जितेको छैन, र क्लब यो सिजन प्रतियोगिताको नकआउट चरणहरूमा समेत नपुग्ने स्थितिमा पुगेको छ। बार्सिलोनाले आफ्नो अन्तिम २०२१-२२ च्याम्पियन्स लिग समूह चरणको खेलमा बायर्न म्युनिखको सामना गर्नेछ। यस्तोमा, स्पेनिस महारथीलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्नको लागि के आवश्यक छ?
बार्सिलोनाको भाग्य आफ्नै हातमा छ । एलियान्ज एरिनामा बायर्न विरुद्धको जितले बार्सिलोनाका लागि बेन्फिकाको नतिजा जे भए पनि समूह ई बाट उपविजेताको रूपमा च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्नेछ।
यदि बार्सिलोना बायर्नसँग हार्यो र बेन्फिकाले डायनामो किभलाई हराउन असफल भयो भने पनि बार्सिलोनाले अंकतालिकामा दुई अंकको अग्रता लिँदै अगाडि बढ्नेछ। त्यस्तै, बेन्फिकाले डिनामो किभसँग बराबरी खेलेको खण्डमा पनि बरसिलोना अगाडी बढ्नेछ। यदि बार्सिलोनाले बार्यनसँग हारेको र बेन्फिकाले आफ्नो खेल जितेको खण्डमा भने बेन्फिका उपविजेताको रूपमा अगाडी बढ्नेछ भने बार्सिलोना युरोपा लिगमा घटुवा हुनेछ।