मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
कुनै प्रकारको संकटमा नपर्नुहोला। व्यवसायिक स्थलमा उच्च अधिकारीसँग प्रेमको कारण कार्य सम्पन्न हुनेछ। उग्र चर्चामा नउत्रिनुहोला। आज भाग्यले साथ दिनेछैन। कार्यमा सफलता मिल्नेछैन।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अधिक भावुकताले अस्वस्थ अनुभव गर्नुहुनेछ। शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला। खानपिनमा विशेष ध्यान राख्नुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मनोरंजन प्रवृत्तिमा हराउनु हुनेछ। मित्रसँग भ्रमणको आयोजन गर्नुहुनेछ। खानपिन र कपडा उपलब्ध हुनेछ। मध्यान्नपछि केहि अधिक भावुक रहनुहुनेछ। मनको व्यथा वृद्धि हुन सक्छ। पैसा खर्च वृद्दि हुनेछ। अनैतिक तथा निषेधात्मक कार्यबाट टाढा रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
व्यवसायिक स्थलमा वातावरण अनुकूल रहनेछ। माईतबाट राम्रो समाचार मिल्नेछ। पारिवारिक वातावरण अनुकूल रहनेछ। प्रतिस्पर्धीबाट अधिक लाभ प्राप्त हुनेछैन। शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रणय- प्रसंगको लागि अनुकूल दिन रहेको छ। रिसलाई नियन्त्रणमा राख्नुहोला। पेट सम्बन्धित रोगबाट शारीरिक कष्ट हुन सक्छ। तर मध्यान्नपछि परिवारमा आनन्द र उल्लासमय वातावरण रहनेछ। मानसिक रूपले प्रसन्न र उर्जाको अनुभव हुनेछ । व्यवसायबाट लाभ होला। सहकर्मीको सहयोग मिल्नाले आनन्द बढ्नेछ। प्रतिस्पर्धीलाई परास्त गर्नुहुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
शारीरिक स्फूर्ति तथा मानसिक उल्लासित र चेतनाशक्तिको अभाव रहनेछ। सामाजिक रूपले अपमान नहोस् यस कुराको ध्यान राख्नुहुनेछ। धनहानि हान सक्ला। कार्य सफलता नमिल्नुको कारण निराशा रहनेछ। सन्तानको विषयमा चिन्ताले सताउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ कार्यको शुभारम्भ गर्नको लागी शुभ दिन रहेको छ। प्रिय व्यक्तिसँग भएको भेट आनन्ददायी रहनेछ। भाग्यवृद्धि हुनेछ। सामाजिक रुपले मान-सम्मान प्राप्त हुनेछ। मध्यान्नपछि मनमा उदासी छाईरहनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
निर्धारित कार्य सम्पन्न न नभएको कारण निराशा अनुभव गर्नुहुनेछ। कुनै पनि महत्वपूर्ण कार्य अथवा त्यस विषयमा निर्णय नलिनुहोला। पारिवारिक झगडा हुन सक्ला। मध्यान्नपछि परिवार तथा भाई-बहिनीसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईको लागि दिन शुभ फलदायी रहेको छ। कार्यसिद्धि र लक्ष्मी प्राप्ति दुवै प्राप्ति हुनेछ। शारीरिक र मानसिक रूपले उत्साही तथा प्रफुल्लित रहनुहुनेछ। त्यसैले प्रत्येक कार्य गर्दा उत्साह मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बोलि र व्यवहारको कारण झगडा हुन सक्ला। क्रोधको मात्रा बढ्नेछ। कसैसँग उग्र चर्चा वा विवाद नहोस् यस कुराको ध्यान राख्नुहोला। मनमा निराशा रहनेछ। त्यसैले आध्यात्मिकताको आश्रय लिनाले मन शान्त रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाईको दिन लाभदायक रहेको छ। सामाजिक क्षेत्रमा अधिक सक्रिय रहनुहुनेछ। विवाहोत्सुकले लागि अनुकूल जीवनसाथी मिल्नाले दिन आनन्दमा अभिवृद्धि हुनेछ। मध्यान्नपछि घरको वातावरण कलुषित रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
दिन सबै प्रकारले लाभदायी रहेको छ। कुनै परोपकारको कार्य रहनुहुनेछ। व्यापारमा उचित आयोजनद्वारा व्यापार- वृद्धि गर्न सक्नुहुनेछ। उच्च अधिकारीगण तपाईको कार्यबाट प्रशंसा आनंदपूर्वक गर्नुहुनेछ।