रिट्रिट अपार्टमेन्टमा कौडा खाल, लाखौ रकम सहित १६ जुवाडे पक्राउ !

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति रु १६ लाख ९० हजार ५०० र १६ थान कौडासहित पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८१८:५७

लाखौँ प्रयास गर्दा पनि लिक भए कट्रिना र विक्कीको मेहन्दी समारोहका तस्बिर!