मङ्गल र केतु एकै नक्षत्रमा हुँदा ग्रहचक्रमा उथलपुथल, यी पाँच राशिलाई सबै भन्दा बढी लाभ !

एजेन्सी – आउने मंगलबार मङ्गल र केतु ग्रह दुवै ग्रह एक साथ अनुराधा नक्षत्रमा हुनेछन्। त्यसको हुँदा वृश्चिक राशिमा विशेष युति बन्नेछ। अनुराधा नक्षत्रमा शनिद्वारा शासित नक्षत्र हो भने शनि मकर राशिको शासक ग्रह हो। दुवै ग्रह एक साथ अनुराधा नक्षत्रमा हुँदा सम्पूर्ण राशिमा प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार वृश्चिक राशिमा युति बन्दा सबै भन्दा बढी निम्न पाँच राशिलाई सबै भन्दा बढी लाभ हुनेछ।

मिथुन राशि

मङ्गल र केतु मिल्दा बन्ने युतिका कारण मिथुन राशि हुनेहरुले जीवनमा धेरै प्रकारका सकारात्मक परिवर्तन अनुभव गर्नेछन्। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ भने रोजगारीमा पदोन्नती प्राप्त हुनेछ। नयाँ कामको थालनीमा पनि युतिको सकारात्मक प्रभाव रहला। वैदेशिक यात्राको अवसर जुर्नेछ। समयमा आँट गर्न सक्ने महत्वपूर्ण योजना प्राप्त हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सहजै तह लगाउन सकिएला।

कर्कट राशि

युति बनेसँगै कर्कट राशि हुनेहरुलाई शुभ समाचार प्राप्त हुनेछ। देश भन्दा बाहिर रहेका आफन्तजन तथा मित्रजनसँग भेटघाटको अवसर जुर्नेछ। प्रियजनबाट उपहार मिल्न सक्ला। रोकिएका धेरै काम बन्नेछन्। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सफल भइनेछ। युति बनेपछि सामाजिक कार्यमा रुची पनि बढ्न सक्ला। धार्मिक कार्यमा सहभागी हुने अवसर जुर्न सक्ने पनि देखिन्छ।

मकर राशि

मङ्गल र केतु एकै नक्षत्रमा हुँदा मकर राशि हुनेहरुको भाग्य चम्किनेछ। सोच्दै नसोचेका व्यक्तिसँग भेटघाट हुनेछ। सहकर्मी र वरिष्ठ अधिकारीहरूसँग सम्बन्ध राम्रो हुँदा महत्वपूर्ण काम बन्नेछ। प्रतिबद्धता अनुसार समयमा काम सम्पन्न गर्न सकिएवापत सम्मान मिल्न सक्ला। दुई ग्रह मिलेर युति बनाउँदा स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ। चिताएकाे उपलब्धि सहजै प्राप्त हुनेछ।

कुम्भ राशि

नयाँ खोज अनुसन्धानमा सफलता मिल्नेछ। मङ्गल र केतु मिल्दा शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ। प्रतिष्पर्धाहरुमा सहजै विजयी भइनेछ। खेलाडीहरुका लागि पनि मंगल र केतुको एकै नक्षत्रमा मिलन लाभपरद सावित हुनेछ। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ भने परिवारमा रहेका कलह पनि हटेर जानेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुन सक्ला।

मीन राशि

व्यावसायिक जीवनमा उल्लेख्य प्रगतिको सम्भावना रहनेछ। लगनशीलताले ठूलो फाइदा दिलाउन सक्छ। मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन मिल्दा जाँगर बढेर जानेछ। कानुनी रुपमा रहेका समस्याहरुबाट उन्मुक्ति मिल्नेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्ला। मङ्गल र केतु एक हुँदा मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ।

प्रकाशित : बिहिबार, मङि्सर २३, २०७८१५:१५

यस्तो रहनेछ २०२२ मा शनिको चाल, यी राशिमा पर्नेछ विशेष प्रभाव !