आफ्नी आमालाई सम्झिदै सोनमले सार्वजनिक गरिन यस्तो तस्बिर!

अहिलेको समयमा बलिउड अभिनेत्री सोनम कपूर फिल्म क्षेत्रबाट टाढा रहेकी छिन् तर अभिनेत्री अभिनय क्षेत्रबाट टाढा भए पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्छिन् । त्यसतैमा सोनमले अहिले उनको आमाको सम्झनामा आमाको साथमा बसेको एक सुन्दर तस्बिर सार्वजनिक गरेकी छिन् ।

सोनमले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट यो पुरानो तस्बिर शेयर गरेकी छिन् । यो तस्बिरलाई सोनमका साथीहरु र उनका फ्यानहरुले निकै मन पराइरहेका छन् । यो सोनमको बाल्यकालको तस्बिर हो । तस्बिरमा सोनम आमाको काखमा बसेको देखिन्छ । यो तस्बिर सेयर गरेपछि फ्यानहरूले सोनमको पोस्टको कमेन्ट बक्सलाई हार्ट इमोजी बनाएर प्रतिक्रिया दिएका छन् ।

तस्बिर पोस्ट गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन् ‘म मेरी आमालाई सम्झिरहेकी छु’ यस पोस्टबाट अनुमान लगाउन सकिन्छ कि अभिनेत्री अहिलेको समयमा उनको आमाबाट टाढा छिन् र आफ्नी आमालाई धेरै मिस गरिरहेकी छिन् र त्यसैले उनले यो तस्बिर पोस्ट गरेकी छिन् । यो तस्बिर हेर्दा धेरै पुरानो लाग्छ । तस्बिरमा सोनमकी आमा सुनिता कपूर सोनमलाई काखमा लिएर बसिरहेकी छिन् ।

अहिलेको समयमा फिल्म क्षेत्रबाट टाढा भए पनि सोनम कपुर आफ्नो फेसन सेन्सका कारण चर्चामा रहने गर्छिन् । उनको स्टाइल र पहिरनलाई मानिसहरु निकै रुचाउने गर्दछन् । यही कारणले गर्दा उनको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा आउनेबित्तिकै भाइरल हुन्छन्। सोनमले सन २०१८ मा आनन्द आहुजासँग विवाह गरेकी थिइन्। सोनमले आफ्ना साथीहरू र फ्यानहरूलाई पनि आफ्नो फिटनेस फोटो र भिडियोहरूद्वारा प्रेरित गर्छिन्।

प्रकाशित : बिहिबार, मङि्सर २३, २०७८१८:२३

भोलि रमेश खरेलले नयाँ पार्टीको घोषणा गर्दै !