हप्ताको अन्तिम दिन घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ  – हप्ताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार स्थिर रहेको सुनको मूल्य आज सामान्य रुपले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ ​सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार १ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस हप्ता सुनको मूल्य

यस हप्ता छापावाला सुन ९१ हजार ८ सय देखि ९२ हजार ३ सय सम्ममा कारोबार भयो भने तेजाबी सुन ९१ हजार ३ सय देखि ९१ हजार ८ सय रुपैंयाँमा कारोबार भयो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १५ ले घटेर १ हजार १ सय ८५ रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८११:२४

खपिनसक्नु चिसोले घरभित्रै नाकाबन्दी, जनजीवन अस्तव्यस्त !