क्याटलान क्लब च्याम्पियन्स लिगबाट बाहिरिएपछि बायर्न म्युनिखका फरवार्ड थोमस मुलरले बार्सिलोनालाई धिक्कारेका छन्। बुधबार राति जर्मन च्याम्पियनसँगको तीन गोलको हारले प्रतियोगितामा बार्साको यात्रालाई समाप्त गरेको थियो। लिस्बनमा डायनामो किभलाई हराउँदै दोस्रो स्थानमा रहँदै पोर्चुगिज क्लब बेन्फिका अर्को चरणका लागि छनोट भयो।
बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले खेलपछिको एक क्रोधित अन्तर्वार्ता दिए जसमा उनले आफ्नो पक्षको प्रदर्शनलाई निकै खराब भन्दै युरोपा लिगलाई आफनो क्लबको नयाँ वास्तविकता भएको बताएका छन्। क्याटालान क्लब आफ्नो समूह चरण पार गर्न असफल भएपछि २०००/०१ सिजन पछि पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल भएका हुन्।
बुधबारको ३-० को हार यस सिजन क्लबको यसै समूह चरणका खेलमा तेस्रो हार हो जसमा ३ गोल अन्तर रहेको थियो। पछिल्ला केहि वर्षमा बार्सिलोनाका लागि यो बानी परिसकेको छ। फेब्रुअरी २०१७ देखि, बार्सिलोनाले पेरिस सेन्ट-जर्मेन (दुई पटक), युभेन्टस (दुई पटक), रोमा, लिभरपुल, बेन्फिका र तीन पटक बायर्न विरुद्धका खेलहरू सहित प्रतियोगितामा तीन वा सोभन्दा बढी गोलले दश खेलहरू हारेको छ।
सबैभन्दा फराकिलो हार सन् २०२० मा आयो जब जर्मन च्याम्पियन बार्यन म्युनिखले बार्सिलोनालाई ८-२ गोल अन्तरले हरायो। अनुभवी बायर्न फरवार्ड मुलर – जसले बुधवार राति गोलको खाता खोल्दै बार्सिलोना विरुद्ध सात खेलहरूमा आफ्नो आठौं गोल गरे – अब बार्सा-बार्यन बीचको खेल एकतर्फी प्रकृतिको भएको व्याख्या गरेका छन्।
३२ वर्षीय स्टारले बार्सिलोनासँग रणनीतिक र प्राविधिक रूपमा बाभेरियन क्लबका समान स्तरका खेलाडीहरू रहेपनि उनीहरूको खेल शैलीमा एउटा महत्त्वपूर्ण भिन्नता रहेको बताए। मुलरले बुधवारको खेल पछि DAZN लाई भने: “मलाई लाग्छ बार्साले खेलको तीव्रतासँग सामना गर्न सक्दैन। प्राविधिक रूपमा, बार्सिलोनासँग सबै छ, उनीहरु रणनीतिक र प्राविधिक रूपमा उत्कृष्ट खेलाडी हुन्। तर उनीहरु शीर्ष फुटबलमा तीव्रतासँग सामना गर्न सक्दैनन्।”

