क्लबका लागि ४५० गोल गर्ने रोनाल्डो भन्दा यी खेलाडी प्यारो रहेछन् अध्यक्ष पेरेजलाई !

जर्मन स्टारका एजेन्टका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले टोनी क्रुसलाई क्लबको “ट्रान्सफर अफ ड सेन्चुरी” को नाम दिएका छन्।

सन् २०१३ मा बार्यन म्युनिखसँग च्याम्पियन्स लिगको उपाधि जितेका पूर्व जर्मनी मिडफिल्डर २०१४ मा स्पेनिस राजधानी प्रस्थान गरेका थिए। जसपछि ३१ वर्षीय पूर्व बार्यन सुपरस्टार खेलाडीले म्याड्रिडमा आफूलाई क्लबको सेतो जर्सी लगाउने सर्वश्रेष्ठ मिडफिल्डर मध्ये एकको रूपमा स्थापित गर्न सफल भएका छन्।

रियल म्याड्रिडलाई हरेक उपाधिको दाबेदारी प्रस्तुत गर्न नेतृत्व गरेका ३१ वर्षीय क्रुससँग अझै क्लबका लागि दिन प्रशस्त समय रहेको छ। “उनी एक महान जीवन कथा बोकेका एक अविश्वसनीय रमाइलो व्यक्ति हुन्,” एजेन्ट भोल्के स्ट्रुथले म्याड्रिडका अध्यक्ष पेरेजको शब्द OMR-Podcast मा भने, “उनी उद्यमशील हुन् तर मानव नै हुन्। उनले मलाई टोनी क्रुस किन रियल म्याड्रिडको शताब्दीको स्थानान्तरण हो भनेर वर्णन गरे।”

ला लिगा छनोट गर्नुअघि म्यानचेस्टर युनाइटेड प्रस्थान गर्न निकै नजिक रहेका क्रुसलाई २०१४ को विश्वकपमा जर्मनीलाई जित दिलाउन मद्दत गरे लगत्तै म्याड्रिडले करिब ३० मिलियन युरो शुल्कमा अनुबन्ध गरेको थियो। जसपछि उनले अहिलेसम्म म्याड्रिडको जर्सीमा ३०० भन्दा बढी खेल खेलिसकेका छन् र क्लबमा आठौँ सिजनमा रहेका क्रुसको ट्रफी हौल पनि निकै उत्कृष्ट रहेको छ।

रियल म्याड्रिडले सन् २००० पछि थुप्रै उत्कृष्ट खेलाडीहरु अनुबन्ध गरेको छ। जसमा ५ पटकका ब्यालोन डी ओर विजेता क्रिस्टियानो रोनाल्डो, काका, लुका मोड्रिक, करिम बेन्जेमा जस्ता स्टार खेलाडीको नाम सामिल रहेको छ।

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८१७:४७

मेस्सी-रोनाल्डो भन्दा पनि यी खेलाडी उत्कृष्ट भएको दिग्गज खेलाडीको दाबी !