ज्ञानेन्द्र माथि खनिए माधव नेपाल, दिए कडा च्यालेन्ज !

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा राजतन्त्र फर्किन नसक्ने बताएका छन्। शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गर्नेक्रममा नेपालले देशमा राजतन्त्र नफर्किने बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले देशमा राजतन्त्र फर्किने अवस्था आए जनताहरुले प्रतिकार गर्ने बताए। राजतन्त्र फर्किन खोजे नेपाली जनता ज्वालमुखीझैँ विस्फोट भएर जाग्ने नेपालको भनाई छ। प्रतिगामी तत्त्वहरूलाई नेपालले फेरि टाउको उठाउने दुस्साहस नगर्न चेतवानी समेत दिए।

“प्रतिगामी तत्त्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । अब राजतन्त्रको कुनै भविष्य छैन, कुनै सम्भावना छैन। नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्ने छन्।”,चेतावनी दिंदै नेपालले भने।

त्यस्तै नेपालले पूर्वराजा ज्ञानेन्द्रशाहलाई नयाँ राजनीतिक दल खोल्न सुझाव पनि दिए। नेपालको रक्षा जनताले गर्न सक्ने हुँदै राजनीतिक दल खोल्न अथवा व्यापार गर्न पूर्वराजालाई नेता नेपालको सुझाव छ।

उनले भने,”राजनीति गर्ने भए राजाले पनि नयाँ पार्टी खोले हुन्छ, नत्र व्यापार गरे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं”

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८१६:४३

फेस टु फेस हुँदा ओली र प्रचण्डको हँसीमजाक, तस्विर देखेर सबै छक्क !